बिदुरः नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई अर्जुननरसिंह केसीले सपथ खुवाउने भएका छन् । यसअघि केसीले राष्ट्रपतिवाट पद तथा गोपनियताको सपथ खाने कार्यक्रम तय भएको छ । नुवाकोटको दुप्चेश्वर गाउंपालिका ३ राउतवेसी निवासी केसी पुर्वमन्त्रिसमेत हुन् ।


नेपाली कांग्रेसबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित केसीले ज्येष्ठ सदस्यको रुपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने भएका छन् । जेष्ठ सदस्यको रुपमा केसीले बैठकको अध्यक्षता केसीले गर्ने भएका हुन् । यसका लागि राष्ट्रपतिको कार्यालयले केसीको पद तथा गोपनियताको कार्यक्रम तय गरेको छ ।

केसीले ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलवाट यहि चैत्र ११ गते वुधवार विहान सवा ११ वजे सितल निवासमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिको कार्यालयका निमित्त सचिव रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित उक्त व्यहोराको पत्र संघीय संसदका महासचिवलाई पठाइसकिएको छ ।
प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित २ सय ७५ जना सदस्यमध्ये केसी सबैभन्दा जेष्ठ सदस्य हुन् । ७८ वर्षिय केसी समानुपातिकबाट निर्वाचित भएका हुन् ।

यसअघि पटक/पटक सांसद तथा मन्त्रि भइसकेका केसी गत २०७९ सालकोे निर्वाचनमा नुवाकोट २ वाट विजयी भई सभामुखको दावेदार रहेका थिए । यस पटक ज्येष्ठ सदस्यको रुपमा केसीले सभामुख चयन नभएसम्मका लागि प्रतिनिधि सभाको वैठकको अध्यक्षता गर्ने भएका हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातितकर्फ निर्वाचित सूचीमा ७८ वर्षीय केसी सबैभन्दा ज्येष्ठ सांसद हुन् । प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९० को उपधारा ५ मा व्यवस्था छ ।

फागुन २१ गते निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण केसीले चैत १२ गते संसद भवन सिंहदरवारमा गराउने तय भएको छ । यसको लागि संसद सचिवालयले तयारी गरिरहेको छ । सचिवालयका अनुसार राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई अन्य सदस्य भन्दा पहिल्यै शपथ गराउनुपर्छ ।

शपथ लगत्तै राजनीति दलहरूले आआफ्ना संसदीय दलका नेता चयन गर्छन् र त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका निम्ति आह्वान हुनेछ । नयाँ सांसदको शपथ र संसद बैठक सिंहदरबारस्थित नयाँ संसद भवनमा हुने छ । भवनको बाहिरी भागको निर्माण तिव्र गतिमा भइरहेको र भित्री भाग तयारी रहेको छ ।

संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई चैत १२ गते शपथग्रहण गराउने गरी तयारी गरेको संघीय संसद सचिवालयले जनाएको छ । नवनिर्वाचित सांसदहरूलाई ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले शपथ खुवाउने छन् ।





