बिदुरः सर्वसाधारणको सुविधाका लागि नुवाकोटको बिदुर नगरपालिकामा क्षयरोग पहिचान कार्यक्रम सन्चालन गरिएको छ । यसवाट सदरमुकाम तथा अस्पताल जान नसकनेहरुलदाई सुविधा पुगेको छ ।


उक्त कार्यक्रम विदुर नपाको दुई स्थानमा एकैपटक गरिएको हो । विदुर नपा १ स्थित त्रिशूली र विदुर २ स्थित नुवाकोट स्वास्थ्य चौकीमा समुदाय स्तरमा क्षयरोग सम्वन्धि सक्रिय खोजपड्ताल कार्यक्रम सन्चालन गरिएको हो ।

दुवै स्थानमा स्वास्थ्यकर्मीमार्फत कार्यक्रम गरिएको विदुर नपा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले वताए । उनका अनुसार यसवाट समुदायका नागरिकलाई क्षयरोगको पहिचानमा मद्धत पुगेको छ ।

दुई स्थानमा गरिएको कार्यक्रममा ५५ जनाले लाभ लिएका छन् । यस प्रकारका कार्यक्रमलाई समुदायस्तरमा विस्तार गरि जनताको स्वास्थ्य सेवाको प्रभावकारीतालाई महत्व दिइने विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।






