कल्पबृक्ष ठान्थे तर बिषै बिष फल्यो सनम
दिलको चोट असैह्य भै जीवन मेरो ढल्यो सनम ।

विश्वास घातको रापले पोल्दा निश्चल मायाँ जल्यो सनम
सपनाका महलहरू गल्र्याम गुर्लुम ढल्यो सनम
बैगुनीको चपेटामा खुसी सबै लुक्यो सनम
बर्सिएका नयन मेरा रित्तिएर सुक्यो सनम ।
कल्प बृक्क्ष ठान्थे तर बिषै बिष फल्यो सनम
दिलको चोट असैह्य भै जीवन मेरो ढल्यो सनम ।
धोकेबाज उनका लागि कालकुट पिएँ मैले
मन खरानी हुँदा पनि जिउँदो लास झैं जिएँ मैले
कस्तो दुखी कर्म मेरो पबित्र प्रेम चुक्यो सनम
मन मन्दिरमा सजायको उसैले नै थुक्यो सनम ।
कल्प बृक्क्ष ठान्थे तर बिषै बिष फल्यो सनम
दिलको चोट असैह्य भै जीवन मेरो ढल्यो सनम ।
-विदुर नपा ५ पिपलटार, नुवाकोट, हालः पर्थ, अष्ट्रेलिया ।





