मायै माया भरिएको मेरो मनभरि
कुरा पनि उस्तै गर्छन् नबुझिने गरी

भक्तहरू दामोदरको भजन गाउँदैछन्
मेरा मनकै श्रीकृष्णको याद ल्याए सरि
हिँड्दा हिँड्दै झ्वास्स कतै भेट हुने हो कि?
को हो? भन्दै सोध्ने गर्छन् पालुवाका चरी
सम्हालिदै हिँड्नु नै छ जिन्दगीको बाटो
अनगिन्ती गल्छी ती जङ्गघारहरु तरी
हो, यति धेरै भएको छ मनै एकोहोरो
साँझ बिहान झझल्कोमा आउने निर्झरी ।
– इलाम ।





