बिदुरः पौष कृष्ण अर्थात् गया औंशीको अवसरमा आफ्ना दिवंगत पितृहरुको मुक्तिको कामना गर्दै यस वर्ष नुवाकोट र रसुवाको सिमाना उत्तरगयामा पीण्डदान गर्नेहरुको भिड लागेको छ । चार गयामध्येको उत्तरी महत्वको उत्तरगया प्रत्येक वर्षको पौष कृष्ण औंशीका दिन आकर्षक मेलामय वन्दै गइरहेको छ । धार्मिक तथा ऐतिहासिक महत्वको उत्तरगयामा यस वर्ष एकैपटक र एकैस्थानमा हजारौं झक्तजनहरुद्वारा पीण्डदान गरिएको छ ।


उत्तरगया श्राद्ध मेलामा शुक्रवार पीण्डदान कार्यमा नुवाकोटका साथै अन्य जिल्ला र भारतीय तीर्थालुहरुकासमेत सहभागिता रहेको थियो । उत्तरगयामा नेपाल तथा भारतका विभिन्न क्षेत्रवाट आएका सवै थर तथा समुदायका सर्वसाधारण पुगेर पीण्डदान गर्ने गरेका हुन् । गयाऔंसीको उपलक्ष्यमा एकैदिन ४० हजार भन्दा बढि मानिसले त्रिशूली, फलाँखु र वेत्रगंगा नदीको त्रिवेणीमा पीण्डदान गरेको उत्तरगया क्षेत्र विकास समितिका अध्यक्ष अष्टमान डंगोलले जानकारी दिए ।

उनका अनुसार गत वर्षको भन्दा यस वर्ष विविध सुविधाका कारण श्रद्धालुहरु उत्तरगयामा धेरै आएका हुन् । यस वर्ष पोहोरको भन्दा १० हजार वढि श्रद्धालुहरु उत्तरगया पुगेको अध्यक्ष डंगोलले वताए । तीर्थालुहरुको सुविधाका लागि त्रिशूली नदीमा दुर्घटना हुन नदिन डोरीको घेरा लगाइनुका साथै स्वंसेवक, प्रहरीहरु परिचालन र स्वास्थ्य शिविरसमेत सन्चालन गरिएको थियो ।
पितृ तर्पण गर्नु अगाडि त्रिशूली नदीमा स्नान गर्ने क्रममा श्रद्धालुहरुको सुरक्षाका लागि नदीमै स्वंसेवकहरु तयारी अवस्थामा राखिएको थियो । यस वर्ष उत्तरगयामा दिनैभर पीण्डदान गर्ने कार्य भएको अध्यक्ष डंगोलले वताए । उनका अनुसार उत्तरगयामा पुग्न काठमाडौं, रसुवा तथा पृथ्वी राजमार्गवाट यातायातको सुविधाका साथै उत्ररगया धाममा कुनै पनि अवरोध नरहेका कारण उत्तरगयाधाममा गत वर्षको तुलनामा पीण्डदान गर्नेहरुको संख्या वढेको छ ।

सडकमार्गको सुविधाका लागि यस वर्ष श्राद्ध गर्नेहरुको संख्या गत वर्षको तुलनामा १० हजार जना वढेको अध्यक्ष डंगोलले वताए । उत्तरगयामा आएका श्रद्धालुहरुको सुविधाका लागि विभिन्न स्थानमा निःशुल्क प्रसादसहितको भोजन उपलव्ध हुनुका साथै किरियापुत्री घरमा बासस्थान, सफा पिउने पानी तथा स्थायी र अस्थायी शौचालयको व्यवस्था गरिएको छ । चारधाम जानुपूर्व उत्तरगया जानै पर्ने र त्यहाँ पितृहरुको सम्झनास्वरुप श्राद्ध गरिए पितृ तर्पण हुने जनविस्वासका कारण प्रायः सबैले उत्तरगया पुगेर श्राद्ध गर्ने गरेको पुरोहितहरु वताउंछन् ।
चार धाम भन्दा उत्तरगयाको निकै महत्व रहेको कारण सर्वसाधारणले वेत्रावतिमा पुगेर स्नान गरि पीण्डदान गरेका हुन् । नुवाकोट र रसुवाको सिमानामा रहेको उत्तरगयाको छुट्टै महत्व रहेको कारण वर्षेनी स्वदेश तथा विदेशवाट पीण्डदान गर्नेहरुको संख्या वढेको छ । उत्तरगयाधाममा पुगेर आफुले २७ वर्षदेखि नियमित रुपमा श्राद्ध गर्ने कार्यमा संलग्न भइरहेको विदुरका पण्डित अनन्तप्रसाद रिजालले वताए ।

उनले अन्य गयाभन्दा उत्तरगयाको महत्व निकै ठुलो रहेका कारण यहां आएर श्राद्ध नगरि पीण्डदान गरेको अर्थ नहुने दावी गरे । उत्तरगायामा नुवाकोट, रसुवाका साथै अन्य जिल्लाहरुवाट गाडी नै रिजर्भ गरेर हजारौं भक्तजनहरु पुगेका थिए । पुसको कठ्याग्रिंदो चिसोमासमेत श्रद्धालुहरु उत्तरगयामा रहेको त्रिशूली नदीमा स्नान गरि आफ्ना दिवंगत पितृका नाममा पिण्डदान गरेका हुन् ।
श्राद्ध गर्न उत्तरगयामा रहेको त्रिशूली, फलाखु र रुद्रगंगा नदीको संगम त्रिवेणीमा एकैपटक व्राम्हण, क्षेत्र, आदीवासी, जनजाती, दलित समुदायले त्रिशूलीमा स्नान गरी आफ्ना दिवंगत पितृहरुको मोक्षको कामना गर्दै लहरै श्राद्धसहितको पीण्डदान गरेका हुन् । पुरोहितहरुको तुलनामा श्राद्ध गर्नेहरु अत्याधिक रहेका कारण श्रद्धालुहरुले सामूहिक रुपमा एकै पटक तीन वा चार समूह वनाएर श्राद्ध गरेका थिए । सगोत्रीहरुले एकैस्थानमा लहरै त्रिशूली नदी किनारामा वसेर सामूहिक रुपमा दिवंगत पित्रृहरुको सम्झनामा पीण्डदान गरेको विदुर नपा १० सियालेका टेकवहादुर थापाले वताए ।

त्रिशूली नदीको किनारमा लहरै वसेर हजारौं श्रद्धालुहरुले श्राद्ध गरेका हुन् । श्रद्धालुहरुको सुविधाका लागि नदी किनारामा प्रहरीलाई राखिनुका साथै नदीमा दुवैतर्फ डोरी टांगेर सुरक्षा दिइएको गोसाइकुण्ड युवा क्लवले जनाएको छ । उत्तरगया धार्मिक तथा ऐतिहासिक रुपमा निकै महत्वपुर्ण रहेको कारण यसले देशका साथै भारत र विश्वमासमेत चिनाइरहेको र चार गयामध्ये निकै महत्वको उत्तरगयामा पुगेर धेरैले आफ्ना पितृको श्राद्ध गरेको गेर्खुका रामप्रसाद प्याकुरेलले वताए ।
उनले उत्तरगया धार्मिक पर्यटकिय गन्तव्यको रुपमा प्रवद्र्धित भइरहेको वताए । हिन्दु धर्ममा उत्तरगयाको महत्व वर्णन गरेर साध्य नरहेको र अन्य गयाको उत्तरगयासंग तुलनासमेत नहुने उत्तरगया पुगेर ५२ पटक श्राद्ध गरिसकेका विदुर नपा ७ तुप्चेका पुरोहित ६३ वर्षिय सीताराम अधिकारीले वताए । उनले धेरै तीर्थालुहरुले आस्था प्रकट गरेर श्राद्धमा सरिक हुनु उत्तरगया हिन्दु र वौद्धमार्गीहरुको केन्द्रसमेत रहेको वताए ।

उत्तरगयास्थित त्रिवेणीमा पौषकृष्ण आमावस्या तथा गयाऔसीको उपलक्ष्यमा आफ्ना मरेका पितृहरुको नाममा पीण्डदान गरिनुका साथै हजारौले स्नानसमेत गर्नु निकै महत्वपुर्ण रहेको कारण आफुले सपरिवार उत्तरगया पुगेर श्राद्ध गरेको गेर्खुटारका देवनारायण अगस्तीले वताए । उनले आफुले सातपटक उत्तरगयामा पुगेर श्राद्ध गरिसकेको वताए । पहिलेदेखि नै उत्तरगयाको महिमा र वर्णन महत्वपुर्ण रहेका कारण उत्तरगया पुगेर मात्र अन्य गयामा गएर श्राद्ध गर्ने प्रचलन रहेको पुरोहितहरुले वताए ।

थानसिङका सुव्वाप्रसाद पाठकले उत्तरगयाको महत्व वढेर गएका कारण वर्षेनी श्राद्ध गर्ने गरेका छन् । नेपाल र तिव्वतवीच १८४९ सालमा भएको युद्दपछि युद्धविराम गरि यहि उत्तरगयामै वेत्रावति सन्धि गरिएका कारण सो स्थान निकै चर्चित रहेको छ । सर्वसाधारणको सुविधाका लागि विदुर नपा १० र उत्तरगया गापा ५ को वीचमा रहेको वेत्रगंगा नदीमा अस्थायी पुलको निर्माण गरिएको छ ।

उक्त स्थानमा अव स्थायी र पक्कि पुल निर्माण गरिनुपर्ने विदुरका राजु थापाको भनाई छ । प्रसिद्ध धाम उत्तरगयाको विकास, प्रवद्र्धन तथा धार्मिक पर्यटनलाई वृद्धि गर्न विदुर नपाले तीनै तहसंग परामर्श गरेर विशेष योजना वनाइएको विदुर नपाका मेयर राजन श्रेष्ठको भनाई छ ।
उनका अनुसार उत्तरगया धार्मिक सद्भावको स्थलसमेत रहेका कारण यसको विकास र सम्वद्र्धनमा विशेष पहल गरिने प्रतिवद्धता जनाए । उत्तरगयाको महत्व जति उच्च रहेको छ, त्यसको संरक्षण, सम्वद्र्धन र आवस्यक पवद्र्धनका लागि वढोत्तरी दिइएको विदुर–१० वडाध्यक्ष गणेशकुमार नेपालले वताए ।

उनले उत्तरगयामा हजारौं मानिसको आगमन हुनु नै राष्ट्रिय तीर्थस्थलको पहिचान भएको प्रष्ट भएको वताए । उत्तरगया विशेष र धार्मिक रहेका कारण उत्तरगया आएर श्राद्ध गरेको काठमाडौं चावहिलका रविन वरालले वताए । आफ्ना पितृहरुको जन्मेपछि मात्र न्वारन गरिने विश्वासले उत्तरगयामा पुगेर श्राद्ध नगरी अन्यत्र गएर श्राद्ध गर्नुको कुनै औचित्य नहुने भएकाले आफु उत्तरगयामै पुगेर श्राद्द गरेको विदुरका रुकवहादुर हमालले वताए ।

उत्तरगयामा विभिन्न समुदायका श्रद्धालुहरुले आआफ्नो रिति, संस्कृति र परम्पराअनुसार श्राद्ध गरेका थिए । उत्तरगयामा श्राद्ध गर्न तथा स्नान गर्नका लागि सवै समुदायका सर्वसाधारण पुगेर दिवंगत आफ्ना पितृका नाममा पीण्डदान गरेर धार्मिक सहिष्णुताको उदाहरण दिएको स्थानीय युवा सामाजिक अगुवा दिलकृष्ण श्रेष्ठले जानकारी दिए ।
उत्तरगयामा आफुले १४ वर्षको उमेरदेखि श्राद्ध गर्न थालेको गेर्खुका ७२ वर्षिय वृद्ध युवराज घिमिरेले वताए ।
आफ्ना दिवंगत पितृहरुको तर्पणका लागि चार धाम जानु पुर्व उत्तरगया जानु पर्ने मान्यताका कारण श्रद्धालुहरु उत्तरगया आएर आफ्ना दिवंगत पितृका नाममा श्राद्ध गर्ने गरेका छन् । तीथार्मलुहरुलाई श्राद्ध गराउने कार्यमा संलग्न पुरोहितले उत्तरगया धार्मिक केन्द्र भएका कारण हजारौं भक्तजनहरु आएको वताएका छन् । उत्तरगयामा श्राद्ध गर्न यस वर्ष ४० हजार पुगेका थिए भने पांचसय जना पण्डित, पुरोहितहरु श्राद्ध गराउने कार्यमा संलग्न थिए ।

चारधाम जानु अघि सबैले उत्तरगयामा पुगेर पिण्डदान गरेमात्र मोक्ष हुने कारण सर्वसाधारण वस तथा साना गाडीहरु रिजर्भ गरेर पण्डितसहित उत्तरगया पुगेर श्राद्ध गर्ने गरेको उत्तरगया गापाका अध्यक्ष माधवप्रसाद अर्यालले वताएका छन् । उनका अनुसार उत्तरगयालाई अन्र्तराष्ट्रिय धाम वनाउने योजना अनुसार आवस्यक कार्य भइरहेको छ । उत्तरगयाको त्रिवेणी नुवाकोटको गेर्खु, तुप्चे तथा रसुवाको उत्तरगयाको संगमस्थल हो ।
आफुले उत्तरगया आएर लगातार चार पटक श्राद्ध गराएको धादिङ गजुरीका पुरोहित उमेश अधिकारीले वताए । तीर्थालुहरुको सुरक्षाको लागी त्रिशूली नदीमा सुरक्षाघेरा डोरी टांग्नुका साथै ३० जना सुरक्षाकर्मी र ५० जना स्वंसेवक खटाइएको थियो । श्रद्धालुहरुको सुविधाको लागि स्वयंसेवक र स्वास्थ्य शिविरसमेत गरिएको नुवाकोट रेडक्रसका सचिव उद्धव शर्मारिजालले वताए ।

उत्तरगया काठमाडौको वालाजु हुदै ककनी–विदुर हुदै तथा पृथ्वी राजमार्गको गल्छीवाट देवीघाट–वट्टार हुदै मोटरमार्फत पुग्न सकिन्छ । काठमाडौवाट ८० र पृथ्वी राजमार्गको गल्छीवाट ३६ किलोमिटर दुरीमा उत्तरगया धाम रहेको छ । १२ वर्षअघि पितृलाई पिण्डदान गर्ने क्रममा नुवाकोटको ककनीकी एक युवतीलाई उत्तरगयास्थित त्रिशूली नदीले बगाएर मृत्युपछि थप सजकता अपनाइएको छ ।
नदीमा सुरक्षाको लागी नदीमा टांगिएको डोरी भन्दा माथि गएर स्नान गर्न वन्देज गरिएको छ । गोसाइकुण्डबाट उत्पत्ति भएको त्रिशूली नदी तप्त गंगामा मिसिएको र रुद्रगंगा पनि तप्त र त्रिशूली नदीमा मिसिएर त्रिवेणी भएर प्रवाहित भएको क्षेत्र नै उत्तरगया क्षेत्र हो । तिर्थालुहरुको सुविधाको लागि श्राद्ध गर्ने श्रद्धालु धेरै र श्राद्ध गरिदिने पण्डित थोरै भएकाले गोत्र मिल्ने सगोत्रीहरुले सामूहिकरुपमा श्राद्ध गरेका थिए ।

पितृमोक्षको लागि यस वर्ष उत्तरगयामा विभिन्न जिल्लाबाट आएका ३० हजार भन्दा बढी मानिसले श्राद्ध गरी पिण्डदान गरेको उत्तरगया क्षेत्र विकास समितिले जनाएको छ । बिहानै ६ वजेदेखि वेलुकी ५ वजेसम्म नै निरन्तर उत्तरगयाको त्रिवेणीमा श्राद्ध गर्नेहरुको लहरै भीड लागेको थियो । उत्तरगयामा पुगेर श्राद्ध गर्दा पितृ खुसी भएर सन्ततीहरुलाई आर्शिवाद दिने विश्वासका कारण नुवाकोट, रसुवा, धादिङका साथै चितवन, हेटौडा, काठमाडौं, वारा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, सर्लाही, पर्वत, अर्घाखांची, ओखलढुंगा, रुपन्देही, सिरहालगायतका जिल्लाबाट गाडी रिर्जभ गरेर श्रद्धालुहरु उत्तरगया पुगेका थिए ।
उत्तरगयामा श्राद्ध गर्नको लागि त्रिशूली नदीको किनारामा लहरै मानिसहरुको राताम्मे देखिने जमघट लागेको थियो । उत्तरगयालाई विश्व सम्पदा सुचीमा राखिनुपर्ने नुवाकोट र रसुवावासीको माग रहेको उत्तरगया क्षेत्र विकास कोषका सोमलाल लवटको भनाई छ । चार वटा गयामध्ये उत्तरगया विशेष र छुट्टै प्रमुख गया भएको हुँदा चारधाम जान नसक्नेहरु यही आएर पीण्डदान गर्ने गरेका छन् ।

उत्तरगयाको महिमा र महत्व थाहा पाएकाहरु चार धाम जानु पहिले उत्तरगयामा पुगेर स्नान गरेर पीण्डदान गर्ने गरेका छन् । आफ्ना पितृको नाममा उत्तरगयामा पीण्डदान गरे पितृ उद्धार हुने र हिन्दुकाण्ड पूरा हुने विश्वासमा पिण्डदान गरिएको श्रद्धालुहरुले वताए । उत्तरगयामा विजुलीवत्ती, पानीको सुविधा पुगे पनि तीर्थालुहरु सवैलाई पुग्ने गरि वासस्थल निर्माण गर्न वांकी रहेको छ ।
देवता र दानवले समुन्द्र मन्थन गर्दा निस्किएको हलाहल नामको कालकूट विष घाँटीमा लिएका महादेवले बेतको लौरोले पहाडमा हान्दा त्यहाँबाट बगेको बेत्रगंगा र त्रिशूलले छेड्दा निस्किएको पानीबाट बगेको त्रिशूली नदीको संगममा पौषकृष्ण औंसीका दिन सबै देवता र मृतात्माहरुको जमघट हुने विश्वासका साथ श्राद्ध गर्ने गरिएको उत्तरगया विकास समितिका अध्यक्ष हरिकृष्ण डंगोलको भनाई छ । उत्तरगयामा गरिने विशेष श्राद्धको महत्व अहिले आएर मात्र होइन हजारौं बर्ष पहिले ऋषि महर्षिको पालादेखि नै पौसे औसीमा श्राद्ध गर्ने परम्परा चलेको हो ।

सर्वसाधारणले पौस कृष्ण औषीका दिन वेत्रावतिमा आमाबाबु नभएकाहरुले सके वर्सेनी र नसके जीवनमा एकपटक भएपनि श्राद्ध गर्ने चलन रहेको र पितृ मोक्षको कामनासहित उत्तरगयामा पुगेर श्राद्ध गर्ने गरेका छन् । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पिण्डदान गर्ने चलन रहेको छ । चार गयामध्ये तीन वटा गया भने भारतमा पर्दछ । भारतमा रहेको चारधाम दर्शन गर्नु भन्दा पहिले यहाको उत्तरगयामा श्राद्ध गरे पुण्य प्राप्त हुने भक्तजनहरुको भनाई छ ।
उत्तरगमायाको श्राद्धको महत्व अहिले आएर मात्र होइन हजारौं बर्ष पहिले ऋषि महर्षिको पालादेखि नै पौसे औसीमा श्राद्ध गर्ने परम्परा धार्मिक, पर्यटकिय गन्तव्यको रुपमा निकै उत्कृष्ट रहेको स्थानीय गोसाइकुण्ड युवा क्लवले जनाएको छ । पौष कृष्ण औषीका दिन आमाबाबु नभएकाहरुले आफ्ना पितृलाई तार्नकै लागि पनि जीवनमा एकपटक भएपनि उत्तरगया पुगेर श्राद्ध गर्ने पर्ने जनश्रुति रहेको छ । बेत्रावतीलाई श्राद्धका लागि पवित्र मानिएका हिन्दकुशक्षेत्रका चार गयामध्ये एउटा गयाको रुपमा पीण्डदान गर्ने चलन रहेको छ ।

उत्तरगयाधाममा हजारौं हिन्दू र बौद्ध धर्मावलम्वीले पितृको नाममा पिण्ड तर्पण गर्ने गर्दछन् । हिन्दू धर्मावलम्बीले बेत्रावती क्षेत्रलाई उत्तरगया भनेर पितृको नाममा श्राद्ध, दान, तर्पण गर्छन् भने बौद्ध धर्मावलम्वीले मृत्यु भएका आफन्तका नाममा लामाहरुबाट मन्त्र बढाउने र बत्ती बाल्ने गर्दछन् । उत्तरगयाको नामले चिनिने बेत्रावतीमा पौषकृष्ण औंशीका दिन बेत्रावतीमा गएर पितृहरुलाई पिण्डदान गर्नाले पितृहरु मोक्ष मिल्छ भन्ने बिश्वासका भक्तजनहरु दिवंगत पितृको नाममा श्राद्ध गर्न जाने गरेका छन् । श्राद्ध गर्न भक्तजनहरुको भीड लाग्ने गरेको उत्तरगया पछिल्लो समय धार्मिक पर्यटन गन्तव्यका रुपमा विकसित भइरहेको छ ।
आमावास्या अर्थात् पौसे औँसी तिथिको अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगयामा तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लागेको होे । हजारौं भक्तजन सहभागी उत्तरगयामा मेलामा यस वर्ष पितृ उद्धारका लागि नदी किनारामा रहेर लहरै श्राद्ध गरिएको हो । उत्तरगयामा पितृको नाममा श्राद्ध गर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ । भारतको गया जान नसकेका श्रद्धालुहरू उत्तरगयामा पुगेर श्राद्ध गर्ने गर्छन् ।

सो स्थानमा आएर परलोक भएका आफ्ना बाबु–आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ । पितृको नाममा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् ।
स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशूली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ । यस क्षेत्र आएर श्राद्ध गरेमा पितृहरू उद्धार भई स्वर्ग जाने जनविश्वास रहेको छ ।


















