बिदुरः वढ्दो यातायात दुर्घटना न्युनीकरण गर्न नुवाकोटमा विशेष कार्यक्रम सन्चालन गरिएको छ । ट्राफिक प्रहरीलाई लापसे किटसमेत हस्तान्तरण गरिएको छ ।सडक दुर्घटना रोकथाम जोखिम न्यूनीकरण कार्यक्रमअन्र्तगत नुवाकोटमा सडक दुर्घटना न्यूनीकरणको लागि सार्वजनिक यातायातका चालक/सहचालकहरुको स्वास्थ्य परीक्षण, आँखा परिक्षण तथा सचेतना कार्यक्रम गरिएको छ ।


जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटलाई लागू पदार्थ सेिवन परिक्षण किट प्रदान गरेको छ । जनस्वास्थ्य कार्यालयकी प्रमुख डा. अन्जु कार्कीले जिल्ला ट्राफिक प्रहरी प्रमुख विनोद ढकाललाई लागू पदार्थ सेवन परिक्षण किट हस्तान्तरण गरिन् । कार्यक्रममा यातायात सुरक्षा तथा दुर्घटना न्युनीकरण सम्वन्धि सचेतनासमेत प्रदान गरिएको छ ।

पहिलो चरणमा ४१ ज्ना चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ६ जनामा उच्च रक्तचाप देखिएको, ६ जनामा मधुमेह र ९ जनामा आँखा÷दृष्टिमा समस्या रहेको पाइएको छ ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले दुर्घटना न्युनीकरणका लागि चालक, सहचालकहरुको महत्वपुर्ण भुमिका रहने वताए । उनले चालक, सहचाmक, यातायात व्यवसायी, यात्रुहरु, सुरक्षा निकायको भुमिका महत्वपुर्ण रहने वताए ।







