बिदुरः सर्वसाधारणको सुविधाका लागि नुवाकोटको उत्तरी भेगमा रहेको लच्याङमा आँखा परिक्षण शिविरका साथै चस्मासमेत वितरण गरिएको छ । यसवाट उपचारका लागि सदरमुकाम तथा काठमाडौ जान नसक्ने आंखाका विरामीहरु लाभान्वित भएका छन् । सूर्यगढी गाउँपालिका १ लच्याङमा निःशुल्क आँखा परीक्षण शिविर तथा चस्मा वितरण गरिएको छ ।


सोही अवसरमा विद्यार्थीहरूलाई विद्यालय झोला पनि वितरण गरिएको छ । आँखा स्वास्थ्यप्रति सचेत बनौँ, समयमै परीक्षण गराऔँ भन्ने नारासहित सन्चालित उक्त शिविर लच्याङको विभिन्न ग्रामीण भेगमा गरिएको वडाध्यक्ष राजकुमार तामाङले जानकारी दिए । गाउंवासीको उत्साहजनक सहभागिता रहेको शिविरमा ‘सबैका लागि स्वस्थ दृष्टि, उज्यालो भविष्यको सुन्दर सृष्टि’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको हो ।

शिविरमा दुईसय जना सेवाग्राहीहरूले आँखा परीक्षण गराई आवश्यकताअनुसार चस्मासमेत प्राप्त गरेका छन् । सूर्यगढी–१, लच्याङ सोलामानेमा रहेको लच्याङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय ब्याग वितरणसमेत गरिएको छ ।

सूर्यगढी गापा १ को कार्यालयको आयोजना, लच्याङ आधारभूत विद्यालयको सहआयोजनामा सन्चालित उक्त कार्यमा रेभेज नेपलीज फ्रान्स र मण्डला ट्रेकिङ एजेन्सिजको आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । आंखाको स्याहार तथा सुरक्षामा ध्यान दिन आंखा प्राविधिकहरुले सुझाव दिएका छन् ।










