बिदुरः ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले प्रभावित पारेको नुवाकोटका विभिन्न स्वास्थ्य निकायहरु सम्मानित भएका छन् । विपदको समयमा स्वास्थ्य सेवा प्रवद्र्धनमा गरेको कार्यको कदरस्वरुप स्वास्थ्य निकायहरुलाई सम्मान गरिएको हो । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय एकीकृत वार्षिक समिक्षा कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय नुवाकोट तथा बिदुर नगरपालिका सम्मानित भएका हुन् ।


कार्यक्रमकावीच मुख्यमन्त्री किरण थापामगरले सम्वन्धित कार्यालय प्रमुख तथा शाखा प्रमुखलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरे । यसका साथै वितेको आवमा निर्धारित बिभिन्न सूचकहरुमा मुल्याङ्कन हुँदा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरुतर्फ ७२.५ प्रतिशत अंक प्राप्त गरी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले गरेको कार्यक्रममा चिकित्सालयका प्रमुख डा. नरेन्द्रप्रसाद गिरीलाई सम्मानित गरिएको हो ।

विपदमा स्वास्थ्य सेवामा प्रभावकारिता गरेको जनाउंदै जनस्वास्थ्य कार्यालय नुवाकोट, त्रिशूली अस्पताल, विदुर नगरपालिका स्वास्थ्य शाखालाई सम्मानित गरिएको छ । मुख्यमन्त्री थापामगरले जनस्वास्थ्य कार्यालय नुवाकोटकी प्रमुख डा. अन्जु कार्की, त्रिशूल िअस्पतालका प्रमुख डा. राजेन्द्र लामा र विदुर नपा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीलाई सम्मानित गरेका हुन् । प्रलयकारी बाढीबाट श्रृजित विपद्मा स्वास्थ्य क्षेत्रबाट गरेको प्रभावकारी प्रतिकार्यका लागि बागमती प्रदेश सरकारबाट ति कार्यालयहरु सम्मानित भएका हुन् । बाढीका कारण विभिन्न क्षेत्रमा क्षति पुगे पनि ति स्वास्थय निकायले निरन्तर बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको कारण सम्मानित भएका हुन् ।

आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा विस्तार र व्यवस्थापनमा नुवाकोटस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती प्रदेशमै उत्कृष्ट घोषित भएको हो । गत आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन मूल्याङ्कनमा ७२ दशमलव ५ प्रतिशत अंक प्राप्त गर्दै चिकित्सालयले पहिलो स्थान हासिल गरेको हो । बागमती प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा कार्यक्तममा सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन र संस्थागत व्यवस्थापनलगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।

कार्यक्रममा प्रदेश मुख्यमन्त्री किरण थापामगर र स्वास्थ्यमन्त्री गिरबहादुर तामाङले संयुक्त रुपमा दोसल्ला ओढाई कदरपत्रले सम्मानित गरेका हुन् । बाढीपछिको स्वास्थ्य प्रतिकार्यमा सक्रिय योगदान पु¥याएको भन्दै प्रदेश सरकारबाट सम्मानित गरिएको हो । विपद्का बेला प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा व्यवस्थापन, समन्वय र प्रतिकार्यमा भूमिका निर्वाह गरेको आधारमा उक्त सम्मान गरिएको हो ।

आयुर्वेद चिकित्सालयका प्रमुख डा. गिरीले प्रदेशस्तरको उपलब्धि कर्मचारी, व्यवस्थापन समिति, सेवाग्राही, स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए । उनले प्राप्त सम्मानले सेवा प्रवाहलाई अझ गुणस्तरीय बनाउन प्रेरणा मिलेको वताए । विपद्का बेला घाइते तथा अन्य बिरामीको उपचार, स्वास्थ्य सेवा व्यवस्थापन र आपत्कालीन सेवामा अस्पतालले पु¥याएको योगदानको मूल्याङ्कन गर्दै त्रिशूली अस्पताललाई सम्मान गरेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगर, स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ, मन्त्रालयका प्रदेश सचिव डा. सुमित्रा गौतम र स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाले नुवाकोटका स्वास्थ्य निकायहरुलाई सम्मान प्रदान गरेका हुन् ।
























