बिदुरः आधुनिक शिक्षामा जोड दिदै नुवाकोटको पश्चिमी भेग चारघरेमा रहेको एक विद्यालयलाई आधुनिक उपकरण प्राप्त भएको छ । यसवाट विद्यार्थीहरुलाई प्रविधियुक्त शिक्षा प्रदान गर्न सुविधा पुगेको छ । बिदुर नगरपालिका १२ चारघरेस्थित सहिद भरत ढुंगाना स्मृती आधारभुत बिद्यालयको लागि शिक्षाप्रेमी रुद्र ढुंगेलको सहयोगमा ल्यापटप र डेक्सटप कम्युटर प्राप्त भएको हो ।


यसवाट शैक्षिक गुणस्तर बिकास र सिकाई सहजिकरणको लागि सुविधा पुगेको विद्यालयले जनाएको छ । ढुंगेलको सहयोगमा विद्यालयलाई २ थान ल्यापटप र २ थान डेस्कटप कम्प्युटर सहयोग प्राप्त भएको हो । उक्त विद्यालयमा ग्रामीण समुदायका बालवालिकाहरु अध्ययनरत छन् ।





