बिदुरः लेन्दोखोलावाट भोटेकोसी हुदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट घरवार गुमाएकाहरुलाई वासस्थानका सामग्रीहरु प्रदान गरिएको छ । बाढीका कारण प्रभावित भएर घरबाँस गुमाएकाहरुलाई वासस्थानका लागि वन्दोवस्तीका सामग्री प्रदान गर्न सुरु गरिएको हो । बिदुर नगरपालिका १ का घर गुमाएका चारसय एक घरधुरीलाई विदुर नपा कार्यालयले विभिन्न सामाजिक संघसस्थाँसंग सहकार्य गरेर संकलन गरेको खाटसहितको बन्दोबस्तीका सामग्रीहरु विहीवार मेयर राजन श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।


नपाले बाढी प्रभावितहरुलाई अत्यावश्यक सामग्री खरिदको लागी नेपाल रेडक्रस सोसाइटीसंगको सहाकार्यमा नगद १५ हजार रुपैया उपलब्ध गराउदै आइरहेको छ ।यसका साथै कोठाभाडा बापतको खर्च, भान्सा र आवासीय व्यबस्थाको लागी आवस्यक सरसामग्री राहत स्वरुप उपलब्ध गराउदै आइरहेको छ । खाद्यान्न राहतको लागी बिदुर नपाले उपलब्ध गराउदै आइरहेको हुदाँ बाढी प्रभावित भएर कोही कसैले खाद्यान्न राहत पाउनबाट बञ्चित हुनुभएको, खानपानको लागी समस्या भएमा बिदुर नगरपालिका कार्यालय तथा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।






