बिदुरः प्रसिद्ध लाङटाङ क्षेत्रको भ्रमणमा पुगेका एक जना विदेशी नागरिकको उद्धार गरिएको छ । सेना तथा प्रहरीले उद्धार गरि अस्पताल पु¥याएका हुन् । गोसाइकुण्ड गाउँपालिका–४ स्थित लाङटाङ क्षेत्रको भ्रमणका लागि पुगेका राहदानी नं. पिए ७५७७८१३ रहेका ६७ वर्षीय अष्ट्रेलियन नागरिक रयामगेलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।


उनलाई स्थानीय जंगल क्षेत्रमा बिरामी भएका कारण उद्धार गरिएको हो । उनी विरामी भएको जानकारी पाएपछि नेपाली सेना तथा प्रहरी चौकी स्याफ्रुवेशी, रसुवाबाट खटिएको संयुक्त उद्धार टोलीले तत्काल उद्धार गरी रसुवा अस्पताल धुन्चे पठाएको हो । उच्च हिमाली तथा दुर्गम क्षेत्रमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





