बिदुरः विभिन्न मुद्धामा अदालतवाट दोषी फैसला भएर फरार रहेका तीन जनालाई रसुवामा प्रहरीले पक्राउ गरेको छ । कैद तथा जरिवाना भुक्तानका लागि अदालतमा पेश गरिएको छ ।


अदालतवाट चोरी मुद्धामा एक जना र केहि सार्वजनिक अपराध मुद्धामा दोषी ठहर भएका दुई जनासमेत तीन जना फरार रहेकोमा उनीहरुलाई पक्राउ गरि अदालतमा पेश गरिएको प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए । उनका अनुसार चोरी मुद्धामा ११ महिना ६ दिन कैद र १० हजार रुपैया जरिवानाको फैसला भएका रसुवाको आमाछोदिङमो गापा ४ का २२ वर्षिय राजु तामाङ तथा केहि सार्वजनिक अपराध मुद्धामा जनही दुई÷दुई हजार रुपैया जरिवानाको फैसला भएका साविक गत्लाङ गाविस ८ का कामलिाक्पा तामाङ र सोही स्थानका रोशन तामाङलाई पक्राउ गरि फैसला कार्यान्वयन तथा लगत कट्टाका लागि रसुवा जिल्ला अदालतमा वुझाइएको प्रहरी निरीक्षक शाहले वताए ।






