बिदुरः नुवाकोटमा लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन् । प्रहरीले कारवाहीका लागि हिरासतमा राख्ने अनुमति लिएको छ । बिदुर नगरपालिका २ घर भई बिदुर ५ बस्ने ३१ बर्षिय एक युवकको साथबाट र बिदुर नपा ९ कोलनी बस्ने ३७ वर्षिय अर्का युवकको साथ तथा उनको घरकोठाबाट विभिन्न लागू औषध औषध फेला परेकोले बरामद गरी सोमवार लागू औषध सम्बन्धि कसूर मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्ने पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


डाइजेपाम लेखिएको २४ एम्पुल, वुप्रेनोर्फिने लेखिएको २५ एम्पुल, प्रोमेथाइजान हाइड्रोचोलोराइड लेखिएको २६ एम्पुल, १२ थान सिरिन्स, प्रयोग भएको १० थान एम्पुल र दुई सय पांच ग्राम गाँजा जस्तो देखिने बस्तुसहित नगदसमेत वरामद गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।





