बिदुरः नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्माओलीको रिहाइको माग गर्दै नेकपा एमाले नुवाकोटले जुलुश र धर्ना दिएको छ । जिल्ला प्रशासन कार्यालयमा जुलुशसहित पुगेर धर्ना दिदै एमाले नेता, कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश गरेका हुन् । बिदुरस्थित जिल्ला पार्टी कार्यालयवाट निस्केको एमालेका नेता कार्यकर्ताको जुलुशले आइतवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।


सो जुलुस र धर्नामा पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । टोलीले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेगमी समक्ष ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाउन एमाले केनद्रीय सदस्यद्वय केशवराज पाण्डे, विन्दा ढुंगाना, जिल्ला अध्यक्ष वद्री मैनालीलगायतका नेता कार्यकर्ता जुलुशसहित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

पुर्व जिल्ला अध्यक्ष तथा पुर्व सांसद नारायणप्रसाद खतिवडा, पुर्व जिल्ला उपाध्यक्ष वुद्धिवहादुर प्रधान, बागमती प्रदेश सदस्यहरु, जिल्ला पदाधिकारी तथा सदस्यहरुका साथ अनय नेता, कार्यकर्ताहरुकोे उपस्थिति रहेको थियो । जुलुश र धर्नासहित प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र पेश गरिएको हो । पार्टी अध्यक्ष वद्री मैनालीको हस्ताक्षर रहेको उक्त पत्रमा सरकारले लोकतान्त्रिक शक्तिमाथि दबाब सिर्जना गर्न थालेको आरोप लगाइएको छ । साथै, पक्राउ परेका अध्यक्ष ओलीसहित सबै नेताहरूको तत्काल रिहाइको माग गरिएको छ ।

ज्ञापनपत्रमा पार्टी अध्यक्ष ओलीको पक्राउ गैह्रसंवैधानिक, प्रतिशोधपूर्ण तथा राजनीतिक प्रेरित भएको दाबी गरिएको छ । साथै जनमतको भावनालाई दुरुपयोग गर्दै सस्तो लोकप्रियता हासिल गर्न खोजिएको आरोप पनि लगाइएको छ । एमाले नुवाकोटले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गर्दै कानूनी प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रहरीले शनिबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओली र पुर्व गहृमन्त्रि तथा कांग्रेस नेता रमेश लेखकलाई नियन्त्रणमा लिएको थियो । पार्टी अध्यक्ष केपी शर्माओली पक्राउको विरोधमा नुवाकोटमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् । एमाले पार्टी कार्यालयबाट निकालिएको विरोध जुलुशले बिदुर बजार परिक्रममा गरेर जिल्ला प्रशासन कार्यालय नुवाकोमा ज्ञापनपत्र बुझाइएको हो ।

एमालेका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता–कार्यकर्ता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूले विरोध जुलुश र धर्नासहित प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष ओलीको पक्राउप्रति आपत्ति जनाएका छन् ।

उनीहरुले राजनीतिक प्रतिशोधका आधारमा गरिएको पक्राउ तत्काल खारेज गर्न माग गर्दै लोकतान्त्रिक अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूले शान्तिपूर्ण रूपमा ¥याली निकाल्दै प्रशासन कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए ।

























