बिदुरः देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोटको क्षेत्र नं. १ को मतगणना जारी रहेको छ । शुक्रवार विहानदेखि सो क्षेत्रको मतगणना कार्य जारी रहेको छ ।


खरानीटारस्थित तादी गापा भवनमा क्षेत्र नं. १ को मतगणना कार्य जारी रहेको छ । मतगणना कार्य एकैसाथ दुई स्थानबाट गरिएको जनाइएको छ । नुवाकोट १ को प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा रास्वपाका डा. विक्रम तिमिल्सिना अगाडि रहेका छन् ।

उक्त क्षेत्रमा रास्वापाका उम्मेदवार विक्रम तिमिल्सिनाले शनिवार विहान सावा १२ वजेसम्म ६ हजार सातसय ६३ मत पाएर अग्रता कायम राखेका छन् । कांग्रेसका डा. प्रकाशशरण महतले ६ हजार १३, नेकपाका हितवहादुर तामाङले चारहजार पांचसय ८६ र नेकपा एमालेका वद्री मैनालीले तीनहजार ७२ मत प्राप्त गरेका छन् । २२ हजार एकसय ४२ मत गणना हुंदा उज्यालो नेपालका अमित तामाङले एकहजार एकसय ८०४ मत पाएका छन् ।

उक्त क्षेत्रमा मतगणना कार्य भइरहेको छ । नुवाकोट १ मा एकलाख २३ हजार नौसय २९ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये विहीवार नुवाकोटमा दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो ।





