बिदुरः प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्य नुवाकोटको दुइवटै क्षेत्रमा भइरहेको छ । दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरु अगाडि रहेका छन् । कांग्रेसका उम्मेदवारहरुले पछ्याइरहेका छन् ।


नुवाकोट १ को प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा रास्वपाकान विक्रम तिमिल्सिना र २ मा अचुतम लामिछाने अगाडि रहेका छन् । नुवाकोटको निर्वाचन क्षेत्र नं १ को खरानीटारमा मतगणना कार्य भइरहेको छ । उक्त क्षेत्रमा रास्वापाका उम्मेदवार विक्रम तिमिल्सिनाले शनिवार विहान दुई वजेसम्म दुईहजार चारसय ७९, कांग्रेसका प्रकाशशरण महतले एकहजार नौसय १८, नेकपाका हितवहादुर तामाङले एहजार सातसय ८२ र नेकपा एमालेका वद्री मैनालीले एकहजार एकसय ५३ मत प्राप्त गरेका छन् ।

उज्यालो नेपालका अमित तामाङले सातसय २४ मत पाएका छन् । उक्त क्षेत्रमा ककनी गापाको मतगणना भइरहेको छ । नुवाकोट २ को प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा शनिवार विहान राती २ वजेसम्म रास्वपाका अचुतम लामिछानेले अग्रता कायम राखेका छन् । कुल ३५ हजार दुईसय ९५ मतमध्ये लामिछानेले १४ हजार आठसय ५३ मत पाएर अग्रता लिएका हुन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका जगदीश्वरनरसिंह केसीले आठहजार तीनसय १५, नेकपा एमालेका केशवराज पाण्डेले पांचहजार एकसय ४५ र नेकपाका हिरानाथ खतिवडाले चारहजार दुईसय ८९ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका ज्ञानेन्द्र घलेले एक्हजार ६ सय ८० मत पाएका छन् । सो क्षेत्रमा एहजार नौ सय ९२ मत बदर भएको छ । नुवाकोट २ मा १२ दलका उम्मेदवारहरुले चुनावी प्रतिस्पर्धा गरेका थिए । रातीदेखि बिदुर नगरपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोटको दुवै क्षेत्रको मतगणना जारी रहेको छ । शुक्रवार विहानदेखि नुवाकोटका दुवै क्षेत्रमा मतगणना कार्य भइरहेको छ । विदुरस्थित नुवाकोट जिल्ला अदालतमा तयार गरिएको मतगणनास्थलमा नुवाकोट निर्वाचन क्षेत्र नं २ को र खरानीटारस्थित तादी गापा भवनमा क्षेत्र नं. १ को मतगणना कार्य जारी रहेको छ ।

यस पटक मतगणना कार्य एकैसाथ चार स्थानबाट गरिएकाले नतिजा चांडै आउने मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्यले जानकारी दिए ।
२४ घण्टाभित्रै अन्तिम परिणाम दिनेगरि मतगणना कार्य भइरहेको उनको भनाई छ । नुवाकोट १ मा १८ र २ मा १२ गरि ३० जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । कुल दुईलाख ४७ हजार आठसय ६८ जना मतदातामध्ये विहीवार नुवाकोटमा दुइसय ९३ मतदान केन्द्रमा ५५ दशमलव ७३ प्रतिशत मत खसेको थियो ।






