बिदुरः आमाको काजकिरियामा रहेका नुवाकोटको कविलासका चार दाजुभाईले विहीवार मतदान गरेका छन् । किरियापुत्रीसहित शोकमा रहेका परिवारजनले केन्द्रमा पुगेर मतदान गरेका हुन् ।


पञ्चकन्या गाउँपालिका २ मोठभन्ज्याङ घर भएका एकै परिवारका चार जना दाजुभाई आफ्नी आमा वितेको १० दिनमा मतदान केन्द्र पुगेर मतदान गरेका हुन् । आमा झंकमाया श्रेष्ठको शोकमा रहेका टेकलाल, सन्तलाल, राजकुमार र सिद्धिलालले तीन किलोमिटर दुरीको नेपाल राष्ट्रिय मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

आमा वितेको १० औं दिन विहीवार पुरोहितले शुद्धकर्म गरेर उनीहरु मतदानमा निस्केको पन्चकन्या २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए । गाडी चढेर उनीहरुले मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।






