बिदुरः नुवाकोटको माझीगाउंमा गाडी दुर्घटना भएको छ । दुर्घटनामा तनि जना घाइते भएका छन् । बिदुर नगरपालिका ८ माझीगाउंमा वुधवार वेलुकी टाटाएस गाडी दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन् ।


उनीहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न आफ्नो घर बिदुर नपा –८ माझीगाउँ जाँदै गरेका तीन जना सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका दुई महिलासहित तीन जनालाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पठाएका छन् ।

घाइतेहरूको त्रिशूली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । काठमाडौवाट नुवाकोटको विदुर हुदै घर जांदै गरेको उक्त गाडी सडक छेउमा दुर्घटना हुंदा तीन जना घाइते भएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए ।

घाइते भएकाहरुमा गाडी चालक, उनका परिवारका सदस्यहरु रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मतदानका लागि काठमाडौंबाट वुधवार आफ्नो घर नुवाकोटको माझीगाउँ जाँदै थिए भने उनीहरुको अवस्था सुधार भइरहेको अस्पतालले जनाएको छ ।





