बिदुरः मौसम परिवर्तनसंगै आकस्मिक वर्षात्का कारण नुवाकोटको विभिन्न स्थानमा असिनासंगै हिमपात भएको छ । किसानाहरु खुसी भएका छन् । कतिपय स्थानमा असिना तथा हिमपात भएको स्थलगत रुपमा हेर्नका लागि आन्तरिक पर्यटकहरु हिउं परेको स्थानमा पुगिरहेका छन् ।


नुवाकोटको ककनी, दुप्चेश्वर, तारकेश्वर, किस्पाङ, तादी, शिवपुरीलगायतका स्थानमा असिनापानी र उच्च स्थानमा हिमपात भएको छ । हिमपात हेर्नका लागि पर्यटकहरु पुगिरहेका छन् । हिमपात हेर्न र खेल्न जानेहरुको भीड वढेको छ । नुवाकोटमा मंगलवार अपरान्हदेखि नै असिना र उच्च भेगमा हिमपात भएको हो ।

तारकेश्वर गापा १ सेलडाडा, लर्केप, फलाँटेलगायतका स्थानमा बाक्लो असिना परेको छ । हिउंदे वर्षातथ् भएपछि सर्वसाधारण निकै खुसी भएका छन् । केहि स्थानमा हिउंदे तरकारी र फलफुलमा क्षति पुगेको छ । पुर्वी भेगमा रहेको ककनी गापाको ककनी हाइटमा हिउंदे वर्षासँगै व्यापक असिना परेको छ ।










