बिदुरः स्थानीय तह घोषणा भएको आठ वर्षपछि नुवाकोटको उत्तरी भेगमा रहेको सुर्यगढी गाउँपालिकाको आफ्नै भवन निर्माण सम्पन्न भएको छ । उक्त भवनको कार्यक्रमकावीच उद्घाटन गरिएको छ । सुर्यगढी गापा ३ चोकदेमा सुर्यगढी गापाको आधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न भएको हो ।


यससंगै झण्डै नौ वर्षदेखि सांघुरो र अस्थायी भवनवाट दैनिक प्रशासनिक कार्य गरिरहेको गापाको कामकाजमा सहजता र सरलता आएको सुर्यगढी गापा अध्यक्ष शन्तवहादुर घलेतामाङले वताए । उक्त भवनको पुर्व अर्थमन्त्रि डा. प्रकाशशरण महतले शुक्रवार उद्घाटन गरे । उनले भवनको निर्माणसंगै गापावाट द्रनिक सेवा सनचालनमा सहजता आएको वताए ।

डा. महतले गापावासीलाई निर्भिक रुपमा गापा कार्यालयमार्फत सेवा लिन आग्रह गरे । राम्रा कामलाई प्रशंसा गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा पुर्व प्रतिनिधि सभा सदस्य विमला सुवेदी, वागमति प्रदेश सभा सदस्य रमेशकुमार महत, वागमति प्रदेशका पुर्वमन्त्रि तथा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनाली, आयोजक सुर्यगढी गापा अध्यक्ष शन्तवहादुर घले, छिमेकी लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठ, तादी गापा अध्यक्ष सन्तमान तामाङ, पन्चकन्या गापा अध्यक्ष तेजवहादुर तामाङ रमेश, विदुर नपाकी उपमेयर प्रभा वोगटीलगायतले भवनको निर्माणसंगै गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन मद्धत पुगेको वताए ।

भवनको उद्घाटनसंगै सेवाप्रवाह सुरु भएको छ । सुर्यगढीको नयाँ प्रशासकीय भवन सञ्चालनमा आएपछि एकै स्थानबाट प्रशासनिक सेवा सन्चालन सुरु भएको छ । यससंगै सेवाग्राहीको पहुँच सहज हुनुका साथै कार्यालय व्यवस्थापन थप सुदृढ भएको सुर्यगढी गापाकी उपाध्यक्ष मन्जु वुढाथोकीढकालको भनाई छ ।

भवन उद्घाटन कार्यक्रममा भवन निर्माणमा विभिन्न क्षेत्रवाट सहयोग गरेकाहरुलाई सम्मानितसमेत गरिएको छ । कार्यक्रममा अन्य जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । नवनिर्मित उक्त भवन सांढे तीन तले हलसहित ३५ कोठाको रहेको छ ।

सुर्यगढी गापा र नेपाल सरकारको संयुक्त लागतमा उक्त भवन निर्माण भएको हो । कुल ११ करोड रुपैयाको लागतमा वनेको उक्त प्रशासकिय भवनका लागि सुर्यगढी गापाको ६० प्रतिशत र संघीय सरकारको ४० प्रतिशत लागत साझेदारी रहेको जनाइएको छ । गापाका अनुसार भवन निर्माणसंगै गापाको दैनिक कामकाज सन्चालन गर्न सुविधा पुगेको छ ।

नवनिर्मित भवनबाट स्थानीय सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको सुर्यगढी गापाका प्रमुख प्रशासकिय अधिकृत शैलेशकिरण राइचाम्लिङको भनाई छ । उक्त भवन आधुनिक र भुकम्प प्रतिरोधी रहेको छ ।

















