बिदुरः अपांगता भएका नागरिकहरुको सेवाका लागि नुवाकोटको तारकेश्वर गाउँपालिकामा घुम्तिसेवा प्रदान गरिएको छ । यसवाट अशक्तहरुलाई सहज भएको छ ।


अपाङ्गता भएका ब्यक्तिहरुको पहिचानसहित परिचयपत्र वितरणका लागि तारकेश्वर गापाले घुम्तिसेवा कार्यक्रम सम्पन्न गरेको हो । तारकेश्वर गापाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले स्वाथ्यकर्मीवाट परिक्षणसहित घुम्ती सेवा कार्यक्रममा तारकेश्वर गापा उपाध्यक्ष उपाध्यक्ष हरिप्रसाद रिमाल, त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका सुशीलाकुमारी तामाङ, सामाजिक अभियन्ता जनकराज ढुंगानालगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

घुम्ती सेवामार्फत नागरिकलाई सेवा दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम तारकेश्वर गापाका विभिन्न वडामा सम्पन्न भएको छ ।















