बिदुरः नुवाकोटको वेलकोटगढी नगरपालिकाले जनप्रतिनिधि तथा सहजकर्ताहरुलाई न्यायिक सचेतना प्रदान गरेको छ । कानून िविषयमा विज्ञ तथा सरोकारवाला क्षेत्रका सहजकर्तामार्फत कानूनका विविध विषयमा जानकारी गराइएको थियो ।


कार्यक्रममा मेयर जगतवहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल, १३ वटै वडाका वडाध्यक्ष तथा सम्पुर्ण जनप्रतिनिधिहरु, मेलमिलापकर्ता, कर्मचारीहरुलाई न्यायिक निरुपण सम्बन्धि अभिमुखिकरण तथा क्षमता अभिवृद्वि कार्यक्रमवारे सचेतना प्रदान गरिएको हो । सहभागी एकसय जनालाई नुवाकोट जिल्ला न्यायाधिष कोमलप्रसाद आचार्य, पुर्व अर्थ सचिव कृष्णहरि बास्कोटा, साहित्यकार डा नवराज लम्साललगायतले आवस्यक र वुझ्नै पर्ने कानूनी विषयमा जानकारी गराएका थिए ।

कार्यक्रमको शनिवार मेयर जगतवहादुर गुरुङले समापन गरे । उनले जनप्रतिनिधि तथा स्थानीय तहका विविध क्षेत्रका कर्मचारीहरुले कानुनका वारेमा जानकारी हासिल गर्न जरुरी रहेका कारण उक्त कार्यक्रम सन्चालन गरिएको वताए ।

दुई दिनसम्म सन्चालित कार्यक्रममा सहजकर्ताहरुले जनप्रतिनिधिसग न्यायिक निरुपण सम्बन्धि विविध जानकारी, अभिमुखिकरण तथा क्षमता अभिवृद्धि सम्बन्धि विषयमा जानकारी गराएका थिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, न्यायिक सहजकर्ता एवम वडा संयोजकहरुलाई कानुन, न्यायको बारेमा विशेष रुपमा अभिमुखिकरण गराइएको थियो ।











