विदुरः भक्तजनहरुको सुधिधाका लागि नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिरमा लिंगे पिंङ जडान गरिएको छ । यस कार्यवाट भक्तजनहरु निकै खुसी भएका छन् ।


विदुर नगरपालिका ५ देवीघाटस्थित त्रिशूली र तादी नदीको संगमस्थल जालपादेवी मन्दिर परिसरमा वुधवार देवीघाट जालपा क्लवले एक थान लिंगे पिङ जडान गरेको हो । उक्त पिङ जडान गर्न क्लवका पदाधिकारी, सर्वसाधारण तथा नेपाली सेनाले सामूहिक रुपमा कार्य गरेको क्लवका अध्यक्ष नवीन चित्रकारले जानकारी दिए । वडादशैंमा टिकाजमरा ग्रहण गरेपछि एक पटक धर्ती छोड्नु पर्छ भन्ने मान्यताका साथै जालपादेवी मन्दिरमा आएका भक्तजनहरुको सुविधाका लागि मनिदर परिसरको पुर्वतर्फको चौरमा लिंगे पिङ जडान गरिएको अध्यक्ष चित्रकाले वताए ।

२०८२ सालको बडादशैको अवसरमा उक्त क्लवद्वारा जालपा मन्दिर परिसरमा लिङ्गे पिङ जडान गर्ने क्रममा नेपाली सेनासहित क्लवका पदाधिकारी, सदस्य, सर्वसाधारणसमेत गरि १० जनाको सहभागिता रहेको थियो । उक्त पिङ वडादशैं, तिहारमासमेत राखिने जनाइएको छ ।






