बिदुरः नुवाकोटको छिमेकी रसुवामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । आमाछोदिङ्मो गाउँपालिका–४ सिओका ५२ वर्षीय ल्हासिङ तामाङको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

तामाङ भदौ २७ गते बिहान कामका लागि घरबाट निस्किएका थिए । रातीसम्म नफर्किएपछि आफन्त र स्थानीयवासीले खोजी गर्ने क्रममा भदौ २८ गते साँझ बाहुनडाँडामा उनको शव फेला परेको प्रहरी निरीक्षक राजु शाहले बताए । उनका अनुसार तामाङको रसुवा अस्पतालमा पोस्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको छ ।





