बिदुरः नुवाकोटको पुर्वी भेगमा रहेको ककनीमा पहिरोमा परि स्थानीय एक युवकको ज्यान गएको हो । पहिरोमा परि गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो । ककनी गाउंपालिका २ हिलेभित्ताका ३० वर्षिय कुमार तामाङ आफ्नै खेतमा स्टे«वरीमा पानी लगाएर फर्कने क्रममा बाटोमा माथिवाट पहिरो खसेर लागी गम्भीर घाइते भएका थिए ।


उनको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । उनका अनुसार युवक तामाङलाई खेतमा पानी लगाएर घर फर्कने क्रममा माथिवाट खसेको पहिरोले लागेर घाइते भएकोमा उपचारका क्रममा ज्यान गएको हो । वर्षात् भइरहेको र सचेत भएर मात्र आवतजावत गर्न जिल्ला प्रशासनले आमसर्वसाधारणमा सचेत गराएको छ ।





