बिदुरः लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिये बाढीको कारण परिवारका सदस्य गुमाएका तथा आवास पूर्ण क्षति भएका प्रभावित बासिन्दालाई राहत सामग्री प्रदान गरिएको छ । विदुर नगरपालिकाले बाढी पीडितहरुलाई कोठामा बस्नको लागी सहज होस भन्ने उद्देष्यले आवश्यक सामाग्री उपलब्ध गराउने निर्णय गरे बमोजिम ति सामग्रीहरु उपलव्ध गराएको हो ।


विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, बिदुर नपा ४ का वडाध्यक्ष नीलमबाबु ढुङ्गेललगायतले बिदुर ४ अन्र्तगतका एकसय पांच जना बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो । उनीहरुलाई अस्थायी बसोबासको लागी आवश्यक ग्यास सिण्डिर, ग्याँस चुल्होसहित भान्साको लागी चाहिने सामग्रीहरु, ओढ्ने सहितको बन्दोबस्ती तथा सरसफाईका सामगी्रहरु उपलब्ध गराइएको हो ।

राहत सामग्री प्राप्त गरेसगैँ उनीहरुले आश्रयस्थल छाडेर आफ्नै व्यवस्थापनमा अस्थायी बसोबास मिलाएको वडाध्यक्ष नीलमवावु ढुंगेलले वताए । बाढी प्रभावितलाई अस्यायी बसोबाँसको लागी कोठा भाडा बापतको नगद राहत केही समयपछि उपलब्ध गराउने बिदुर नपाको तयारी छ ।







