बिदुरः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप अभियान सन्चालन गरिएको छ । विदुर नगरपालिकामा हैजाविरुद्धको खोप कार्यक्रम सुरु भएको हो । नदीमा आएको बाढीबाट प्रभावित विदुर नपाका १३ वटै वडामा हैजा रोगको संक्रमण फैलिन नदिन हैजाविरुद्धको खोप कार्यक्रम सुरु भएको हो ।


खोप कार्यक्रम भदौ २९ गतेसम्म सञ्चालन हुने जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीको भनाई छ । उनका अनुसार बिदुर नपाका सम्पूर्ण वडाका खोप केन्द्रबाट उक्र खोप खुवाइने छ । एक वर्ष उमेर पूरा भएका सबै बालबालिका तथा व्यक्तिले खोप लिन सक्नेछन् ।

कोही नछुटौँ, नदोहोरिऔँ, हैजा रोगको संक्रमणबाट बच्न यस रोगविरुद्धको खोप लगाऔँ, आफू पनि खाऔँ, अरूलाई पनि जानकारी गराऔँ भन्ने नारासहित उक्त अभियान सन्चालन गरिएको हो । अन्य स्थानमासमेत उक्त खोप अभियान सन्चालन गरिने जनाइएको छ ।

भोटेकोसी हैजा रोगको संक्रमण फैलिन नदिन सन्चालित हैजाविरुद्धको खोप कार्यक्रमको मेयर राजन श्रेष्ठले सुरुवात गरे । उनले हैजा संक्रमणबाट बच्न सबैलाई खोप अभियानमा सहभागी हुन आब्हानसमेत गरेका छन् ।





