बिदुरः अस्पतालमा प्रसुती गराउने सुत्केरीहरुलाई लक्ष्यित गरि नुवाकोटको त्रिशूली अस्पताललाई विदुर नगरपालिकाले नयानो झोला प्रदान गरेको छ । यसवाट सुरत्केरी र नवराजात शिशुहरुको स्वास्थ्य सुरक्षामा मद्धत पुग्ने जनाइएको छ । बिदुर नपाका मेयर राजन श्रेष्ठले सोमवार त्रिशूली अस्पताल नुवाकोटको लागी एकसय थान ‘न्यानो झोला’ हस्तान्तरण गरे ।


उनले सुत्केरी र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्रभावकारीता वनाउन यस प्रकारको सहयोग गरिएको वताए । मेयर श्रेष्ठले अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अञ्जली पाण्डे, निर्देशक डा.राजेन्द्र लामालाई न्यानो झोला हस्तान्तरण गरेका हुन् । विदुर नपाले अस्पताललाई प्रदान गरेको न्यानो झोला त्रिशूली अस्पतालमा सुत्केरी भएकाले प्राप्त गर्नेछन् ।

विदुर नपाले त्रिशूली अस्पताललाई प्रत्येक वर्ष विभिन्न स्वास्थ्य सहायता उपलब्ध गराउने क्रममा चालु आर्थिक वर्षमा थप एकसय थान न्यानो झोला प्रदान गरेको हो । वितरण गरिएको उक्त प्रत्येक झोलामा नवजात शिशुको लागी दुई थान नरम फलाटिनको झोला, २ थान भोटो, एकातर्फ प्लास्टिक र एकातर्फ फलाटिनको कपडा भएको ¥यापर सहितको दुई थान दौरा र सुत्केरीले लगाउने गाउन समावेश रहेको छ ।





