बिदुरः नुवाकोटको बिदुर नगरपालिकाका विभिन्न स्थानका तीन जना अशक्त व्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरिएको छ । यसवाट उनीहरुलाई आवतजावतमा सुविधा पुगेको छ ।


विदुर नगरपालिका २, ४ र ९ का तीन जनालाई मंगलवार बिदुर नगरपालिकामा आयोजित कार्यक्रममा नपाले एक/एक थान व्हिलचेयर उपलवध गराएको हो । शारिरिक रुपमा अशक्त भई हिडडुल गर्नको लागी सहज बनाउन बिदुर नपाको तर्फबाट उपलवध गराइएको व्हिलचेयर अशक्तका परिवारजनालाई मेयर राजन श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

उनले स्वास्थ्यमा गम्भीर समस्या र अशक्त भई आवतजावत र हिडडुल गर्न नसक्ने व्यक्ति, ज्येष्ठ नागरिक, शारिरिक रुपमा पूर्ण अशक्त भएका बिदुर नगरबासीलाई आवश्यकता अनुसार बिदुर नपा कार्यालयबाट स्वास्थ्य सहायता सामग्री उपलब्ध गराउदै आएको वताए । सहायक सामग्रीको अति आवश्यक भएका अशक्त महानुभावहरुलाई बिदुर नपा कार्यालयले निरन्तर रुपमा उक्त सामग्री प्रदान गर्दै लगिने वताए ।






