बिदुरः काठमाडौंका साथै नुवाकोट, रसुवा र धादिङका सर्वसाधारणको उपचार गर्दै आइरहेको राजधानीको गोंगबुस्थित निजी क्षेत्रबाट सञ्चालित विनायक अस्पतालको स्तरोन्नती भएको छ । सो अस्पताल ५५ शैह्याबाट स्तरोन्नति भई एकसय शैह्याको सुविधायुक्त अस्पताल बनेको छ । अस्पतालले यसे उपलब्धिलाई आफ्नो स्वास्थ्य सेवा विस्तार र गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कोसेढुंगाको रुपमा लिएको अस्पतालका कार्यकारी अध्यक्ष केपी लामिछानेको भनाई छ ।


लामिछानेका अनुसार ५५ शैह््याबाट एकसय शैह्यामा स्तरोन्नति हुनुमा सम्पूर्ण सञ्चालक, चिकित्सक, नर्स, कर्मचारी, सेवाग्राही, शुभेच्छुक तथा सहयोगीहरूको विश्वास, निरन्तर मेहनत र साथ समर्थनको प्रतिफल रहेको छ । अध्यक्ष लामिछानेले आगामी दिनमा अझ आधुनिक प्रविधिसहित विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकको विश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाए । हाल विनायक अस्पतालमा एक्स–रे, भिडियो एक्स–रे (फ्लोरोस्कोपी), सिटी स्क्यान, भिडियो अल्ट्रासाउन्ड, आँखा तथा दाँत उपचार लगायतका सेवा उपलब्ध छन् ।

यसका साथै अस्पतालले थप विशेषज्ञ सेवा विस्तार गर्दै लगेको र आफ्नै सुविधा सम्पन्न अत्याधुनिक अस्पताल भवन निर्माणको प्रक्रिया पनि अगाडि बढिरहेको अध्यक्ष लामिछानेले जानकारी दिए । विनायक अस्पतालले ‘पैसा नभए पनि उपचार रोकिन्न’ भन्ने मानवीय सिद्धान्तलाई आत्मसात् गर्दै सेवा दिँदै आएको अस्पतालले जनाएको छ । आर्थिक अभावका कारण कुनै पनि बिरामीको उपचार नरोकिने र उपचारपछि रकम व्यवस्थापन गरेर पनि भुक्तानी गर्न सकिने व्यवस्था अस्पतालले मिलाएको छ । अस्पतालले गरिब, असहाय तथा निम्न आय भएका नागरिकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

अस्पतालले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । अस्पतालका अनुसार नुवाकोट, रसुवा, धादिङलगायतका उपत्यकका विरामीहरु उपचारका लागि आउने बिरामीलाई समेत विशेष सहुलियत प्रदान गर्ने व्यवस्था रहेको छ । एकसय शैह््यामा स्तरोन्नति भएसँगै विनायक अस्पतालले काठमाडौसहित आसपासका जिल्लाका विरामीहरुलाई सहज, गुणस्तरीय, विशेषज्ञ र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ । अस्पताललाई विशेष वनाउने अभियानमा आफुहरु क्रियाशील रहेको अध्यक्ष केपी लामिछानेले जानकारी दिए ।






