बिदुरः कलाकारिताको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले एकैपटक कलाकारसहित ५० जनालाई सम्मान गरिएको छ । वरिष्ठ कलाकारलाई नगदसहित साधना सममान प्रदान गरिएको छ । एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १४ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा कर्म अनुसार आआफ्नो पहिचान, विभिन्न विद्याका व्यक्तित्वहरूलाई सम्मान भन्ने नारासहित एकैपटक कलाकारसहित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, सौन्दर्य पर्यटन, पत्रकारिता, गीत, संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाएका ५० जना व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको हो ।


यसै बर्षदेखि सुुरु गरिएको दीर्घ साधना सम्मानसहित पुरस्कार विशिष्ट चलचित्रकर्मी शिवहरी नेपाल (बैरागी) लाई प्रदान गरिएको छ । वैरागीलाई आयोजकले लामो समयदेखि निरन्तर कलाकारितामा सक्रिय भएको कदर गर्दै नगद ३३ हजार तीनसय ३३ रुपैयाँ नगद राशीसहित दीर्घ साधना सम्मान प्रदान गरेको हो । विभिन्न विद्याका व्यक्तित्वहरुलाई सम्मानका साथै नेपालीकला, मौलिक संस्किृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रममा सन्चालन गरिएको एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल छन्देले वताए । कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशेष अतिथिहरु प्रथम नेपाली नायिका भुवन चन्द, चैत्यदेवी सिंह, हास्य कलाकार बसुन्धरा भुसाल, नायक कृष्ण मल्ल, रवीन्द्र खड्का, मोहन निरौला, राजु शाह, कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेत्री मिथिला शर्मा, नारायण प्रधान, गोपालकाजी कायस्थ, निर्मलराज पौडेललगायतले सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित भएकाहरुमा विशिष्ट चलचित्रकर्मी सुभाषप्रसाद गजुरेल, श्याम राई, चलचित्रकर्मी नरेन्द्र थापा, चलचित्रकर्मी आरपी पन्त, चलचित्रकर्मी कमलकान्त मैनाली, चलचित्रकर्मी सुशील पोखरेल, चलचित्रकमी एनबी महर्जन, चलचित्रकर्मी कृष्णप्रसाद ढुङ्गाना, चलचित्रकर्मी विजय देउजा, चलचित्रकर्मी मुकुन्द थापा, विश्व साइकलयात्री तथा विश्व शान्तिका अभियन्ता पुष्कर शाह, सञ्चारकर्मी, उद्घोषिका कल्याणी रिमाल, वरिष्ठ नेत्ररोग विशेषज्ञ, शिक्षाविद् तथा अनुसन्धानकर्ता प्रा.डा.मिनु चौधरीलगायत रहेका छन् । यसैगरी, नायक धिरेन शाक्य, चलचित्रकर्मी, व्यवसायी किशोर घिमिरे, चलचित्रकर्मी उमेश खड्का, चलचित्रकर्मी बद्रीप्रसाद पुडासैनी, नृत्य–थेरापीका प्रशिक्षक चरण प्रधान, साहित्यकार राधा पराजुली भण्डारी, होटल सञ्चालन निर्देशक दीपेन्द्र सिंह, शिक्षासेवी तथा समाजसेवी छवि घिमिरे, शिक्षाविद् तथा शैक्षिक नेतृत्वकर्ता रमिला सुबेदी, पत्रकार तथा गीतकार शान्तिप्रिय, चलचित्रकमी राजेन्द्र केसी (राजु), पत्रकार श्याम स्मृतलगायत रहेका छन् ।

सम्मानित भएका अन्यहरुमा सम्पादक बनिश शाह, शैक्षिक व्यक्तित्व बैकुण्ठ पाठक, चलचित्रकर्मी राजु शाही, समाजसेवी विश्वराम माकजु, कृषि अभियन्ता हेमकान्त पराजुली, चलचित्रकर्मी शिवशंकरप्रसाद रिजाल (जोगिन्दर), गायक तथा संगीतकार तिलकध्वज कट्टेल, अडियो–भिडियो निर्देशक तथा क्रिएटिभ सञ्चारकर्मी मनिषराज पौडेल, नायिका तथा मोडल प्रेरणा शर्मा, समाजसेवी उद्धबप्रसाद पाण्डे, गायक गणेश थापा, अभिनेता, मोडल तथा निर्देशक शिबन पोखरेल, अटो व्यवसायी तथा समाजसेवी रोशनकुमार श्रेष्ठ, छायाँकार, सम्पादक तथा कलाकार अमृत सागरलगायत रहेका छन् ।, यस्तै नाटयकर्मी, चलचित्रकर्मी जेबी डिसी, नायिका तथा मोडल मोनिका दाहाल, भिजुअल इफेक्ट्सकर्ता अच्युत बजगाई, चलचित्र निर्देशक, लेखक तथा सञ्चारकर्मी जनक खड्का, कलाकार तथा निर्देशक इन्द्रबहादुर लामातामाङ (खम्बे), कलाकार लेखक तथा निर्देशक विनयराज पौडेल, निर्देशक देवेन्द्र पाण्डे, कलाकार चन्द्रकला राई लब्ली, नायिका तथा मोडल सबिना कार्की, समाजसेवी तथा महिला सशक्तीकरण अभियन्ता दिलमाया तामाङ राना रहेका छन् ।

उक्त कार्यक्रममा चलचित्र विकास बोर्ड, फेसन पार्टनर माहेरु फेसन एण्ड डिजाईन प्रालि, मार्टिनास कलेक्सन, निकिला मेडिया नेटवर्क, बैंकिङ्ग पार्टनर माछापुछ्रे बैंक लिमिटेड, केन्द्रीय कार्यालय लाजिम्पाट, सुपर नेट सुपर सीतापाइला केबल नेट प्रकाश श्रेष्ठ, शुभारम्भ प्रिन्टिङ्ग एण्ड प्याकेजिङ्ग कम्पनी प्रालि, महिला नौमती बाजा समूह, ब्लुबेरी मिडिया प्राइभेट लिमिटेड, सजिलो पत्र डट कम, अटो नेपाल नेपालको नंबर १ म्यागेजिन, नेपाल व्यायाम मन्दिर, हेल्थकेअर पार्टनर इसान बाल तथा महिला अस्पताल, फाइन एजुकेसन, बिके फिल्म्स्, गोल्डेन हर्ष फिल्मस्, कान्तिपुर इन्टरनेसनल कलेज, फिटनेस फस्र्ट, एम्पेयर एसटिसि सोलुसन, महान् सिद्धार्थ स्कुल, बौद्ध मार्ग काठमाडौँ, एनके डान्स एण्ड फिल्म्स प्रोडक्सन, नानो इनर्जाईजर सेरामिक कोटिङ्ग, विस आइ फिल्मस्, बलामी मोबाइल सेन्टर ओमबहाल, वेलकम एड्भरटाइजिङ्ग एण्ड मार्केटिङ्ग प्रालि, राष्ट्रखबर, पवित्र ब्राण्ड, नवक्षितिज साप्ताहिक, बगान अर्गानिक टि, लाइफ ओके टेलिभिजन, कालेश्वर महादेव फर्निचर एन्ड फर्निसिङ प्रालि, मर्निङ्ग स्टार सेकेण्डरी स्कुल, कास्की, रिवाज साउण्ड सिस्टम, ओम समाज डेन्टल सहयोगी संघसंस्थाहरु रहेको आयोजक एभर ग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल छन्देले जानकारी दिए ।

कार्यक्रममा नौमती बाजा समूह बालाजुले संगीतिक रौनकता थपेको थियो भने गायक तथा संगीतकार कृष्ण भट्टराईको गायनमा सम्पूर्ण दर्शकहरु रमाएका थिए ।चुडामणि फुयालको कोरियोग्राफी रहेको एनके डान्स एन्ड फिल्म प्रोडक्सन साथै महान सिद्धार्थ हाइस्कुलका विद्यार्थीहरुको आर्षक प्रस्तुति सवैले रुचाएका थिए । उक्त कार्यक्रमको आयोजक समूहमा विशिष्ट चलचित्रकर्मी, सल्लाहकार रविन्द्र खड्का, नायक तथा मोडल श्रीदेव भट्टराई, सञ्चारकर्मी सोनितराज ढुंगेल, समाजसेवी राजन थापा, कलाकार तथा निर्देशक जीवन थापा, छायाँकार हर्कमान वाइबा रिदम, स्वास्थ्यकर्मी सिकृता वस्ती, गीतकार तथा लेखक भानुभक्त ढकाल रहेका थिए । बिशेष सहयोगी नायिका तथा मोडल तेजुला खतिवडा, कलाकार सुनील कटुवाल, नन्दकेशर ढकाल, राजु हिमाशिव, सनराईज धनुके, सुमन थापा, पशुपति सिंहकुँवरलगायत विभिन्न सहयोगी संघसंस्था, व्यक्तिहरुलाई कदरपत्र, मायाको चिनो प्रदान गरिएको थियो ।

अफिसियल फोटोग्राफर बद्री थापासहित उक्त कार्यक्रमलाई सन्चारकर्मी, गायक तथा संगीतकार सरोज कोइरालाले संचालन गरेका थिए । आगामी समयमा अझै परिस्कृत रुपमा भव्य कार्यक्रम आयोजना गर्ने आयोजक संस्थाका अध्यक्ष तथा हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)ले बताए ।





















