बिदुरः अदालतले दोषी ठहर गरेका अभियुक्त र नदीजन्य सामग्री उत्खनन् गरिरहेको स्काभेटरसहित चालकलाई नुवाकोटमा फत्राउ गरिएको छ । दुवैलाई कानूनी कारवाही सुरु गरिएको छ । लागू औषध मुद्दामा नुवाकोट अदालतबाट चार महिना अगाडि दोषी ठहर भई फरार रहेका नुवाकोटको बिदुर नगरपालिका ९ का ३५ वर्षीय सन्तोष सार्की फरार रहेकोमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीले कारवाहीका लागि उनलाई अदालतमा पेस गरेको प्रहरी नायव निरिक्षक वीरवहादुर वुढाऐरले जानकारी दिए । अदालतले उनलाई लागू औषध मुद्दामा दुई महिना कैद र दुईहजार रुपैया जरिवाना फैसला सुनाएको थियो । कैद तथा जरिवाना भुक्तान नगरी उनी फरार रहँदै आएकोमा फैसला कार्यान्वयनको क्रममा फरार अभियुक्त पक्राउ गर्ने क्रममान उनलाई फत्राउ गरिएको हो ।

यसैवीच, नुवाकोटको ककनीमा खोलावाट उत्खनन् गरिरहेको स्काभेटरसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ककनीबाट खटिएको प्रहरी टोलीले फरार ककनी गाउंपालिका ३ पात्लेखोलामा अवैध रुपमा वालुवा उत्खनन् गरिरहेको अवस्थामा एक थान एकाभेटर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक वीरवहादुर वुढाऐरले जानकारी दिए ।
उनका अनुसार वा२क ९२६२ नम्वरको जेसिभी र त्यसका चालक काभ्रेको पनौती नगरपालिका ३ का २६ वर्षिय नवराजन सापकोटालाई नियन्त्रणमा लिएको हो । जेसिभीसहित चालकलाई नियम अनुसार ककनी गापा कार्यालयमा वुझाइएको छ ।





