बिदुरः बिकासका नामामा अवैध दोहन भइरहेको गृहमन्त्रि सुधन गुरुङसमक्ष नुवाकोटवासीले गुनासो गरेका छन् । उनीहरुले विकासका नाममा अवैध दोहन भइरहेको र यसको सुनुवाई कसैले पनि नगरेको गृहमन्त्रि गुरुङसंग गुनासो गरे । नुवाकोटको बिदुरस्थित बट्टारवजारमा आइतवार आयोजित सरोकारवालावीचको अन्र्तक्रियामा सहभागी नुवाकोटवासीले लामो समयदेखि नुवाकोटमा नदीजन्य सामग्रीहरुको अवैध दोहन भइरहेको गुनासो गरेका हुन् ।


गृहमन्त्रि गुरुङले तत्काल दोषीलाई कारवाही गर्न निर्देशन दिएका छन् । अबैध दोहन गर्ने जो भएपनि कारवाही गर्न गृहमन्त्रि गुरुङले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई गुनासो गरे । नियम र मापदण्ड विपरितका सवै गतिविधि वन्द गर्न उनले प्रहरी, प्रशासनलाई तत्काल निर्देशन दिएका हुन् । मापदण्ड विपरित रातिको समयमा नदीजन्य सामग्रीहरु अवैध रुपमा उत्खनन भइरहेको कार्य तत्काल बन्द गर्नुपर्ने, नुवाकोटमा पछिल्लो समय खोला तथा नदीमा बढेको अनियन्त्रित उत्खननका कारण प्राकृतिक प्रकोपको जोखिम बढेको र वातावरणीय सन्तुलन बिग्रिएको भन्दै स्थानीयवासीले उजुरी र चिन्ता व्यक्त गर्दै आएका कारण नियमको पालना नगर्ने जोसुकैलाई कारवाहीको दायरामा ल्याउन गृहमन्त्रि गुरुङले प्रजिअ रेग्मी, जिल्ला प्रहरी प्रमुख विपीन रेग्मी तथा सरोकारवालालाई कडा निर्देशन दिए ।

गृहमन्त्रि गुरुङले सर्वसाधारणले नागरिकतालगायत प्रशासनिक सेवा प्राप्तीका लागि करिब १५ मिनेट भित्र सेवा प्रवाह गर्नुपर्ने, नागरिकलाई प्रदान गर्नुपर्ने सेवामा ढिलासुस्ती र अनियमितता सह्य नहुने, सार्बजनिक शिक्षा निःशुल्क र सर्बसुलभ हुनुपर्ने, आम नागरिक भुंई मान्छेले सरकार भएको महसुस हुनेगरी काम गर्न जिल्ला प्रशासन कार्यालय, जिल्लन प्रहरी कार्यालयलाई निर्देशन दिएका हुन् । गृहमन्त्री गुरुङले जनताको सेवाभन्दा ठूलो दायित्व अरू नभएको उल्लेख गर्दै कर्मचारीहरुलाई जनतामुखी भएर काम गर्न निर्देशन दिएका छन् । दिन होस् वा रात, सार्वजनिक बिदा होस् वा अन्य समय, जनताको काममा कुनै ढिलाइ नगरी जिम्मेवारीपूर्वक खटिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)लाई गृहमन्त्रिले यस सम्वन्धि निर्देशन दिएका हुन् ।

गृहमन्त्री सुधन गुरुङसमक्ष अन्र्तक्रियामा सहभागी स्थानीय प्रतिनिधिहरूले पनि पालिकाको नियम मिचेर हुने अवैध दोहनले वातावरण र राज्यको राजस्व दुवैमा असर पारेको भन्दै कानुनी सुशासन कायम गर्न आग्रह गरेका थिए । गृहमन्त्री गुरुङले सरोेकारवाला कार्यालयका प्रमुखलाई आम जनताका समसामयिक समस्या तथा समाधानका उपाय निकालेर र जनताको काम कसरी हुने विषयमा मात्र सचेत रहेर कार्य गर्न निर्देशन दिए । गृहमन्त्रिले सरकारले नियम अनुसारका कारवाही गर्न प्रजिअलाई अधिकार दिएको अवस्थामा गलत कार्य गर्नेलाई कारवाही गर्न खुट्टा नकमाउन सचेतसमेत गराए । गृहमन्त्री गुरुङले स्थानीयवासीसँगसमेत प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा, समस्या तथा सुझाव सुनेका थिए ।

आम सर्वसाधारण, जनप्रतिनिधि, सुरक्षा निकाय तथा सर्वसाधारणसँग समेत उनले समसामयिक विषयमा अन्र्तक्रिया गरेका हुन् । कार्यक्रममा सहभागी अध्यापक जीतेन्द्र अर्यालले धेरै वेथिती र अनियमितता विविध क्षेत्रमा रहेको जनाउंदै समग्र शिक्षा क्षेत्रमा भइरहेको बेथिति, शिक्षा प्रणालीमा देखिएका समस्या र आवश्यक सुधारका विषयमा गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए । उनले शिक्षा क्षेत्रलाई गुणस्तरीय, व्यवस्थित र पारदर्शी बनाउन आवश्यक नीतिगत तथा संरचनागत सुधारका लागि सरकारको प्रभावकारी पहल आवश्यक रहेको वताए । सरकारी विद्यालयले स्वेच्छिक सहयोगका नाममा अभिभावकसंग चन्दा उठाइरहेकोसमेत गृहमन्धिसमक्ष गुनासो गरिएको छ ।

अन्र्तक्रियामा गृहमन्त्री गुरुङले विभिन्न नदीनाला तथा खोलाहरूमा अवैध दोहन र अनधिकृत उत्खनन भइरहेको गुनासो आएका कारण तत्काल रोक्न कडा निर्देशन दिएका हुन् । अवैध दोहनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले जोसुकैलाई पनि कानूनी दायरामा ल्याउन प्रजिअलगायत सरकारी कार्यालयलाई निर्दैशन दिए । गृहमन्त्री गुरुङले विकास निर्माण, जिल्लाको सुरक्षा स्थिति र विभिन्न प्राकृतिक स्रोतको अवस्थाको स्थलगत अनुगमन तथा निरीक्षणमा सरोकारवाला निकाय चुक्न नहुनेसमेत वताए । विभिन्न नदी तथा खोलाहरूबाट मापदण्डविपरीत अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन भइरहेको गुनासो आइरहेकाले तत्काल नियन्त्रण गर्न गृहमन्त्रि गुरुङले निर्देशन दिएका हुन् ।

विकासका बहाना गर्दे प्राकृतिक स्रोतको दोहन गरेर हानी नोक्सानी पु¥याउने छुट कसैलाई नभएको वताउंदै गृहमन्त्री गुरुङले दोषीलाई कानुनको दायरामा ल्याएर रिजल्ट आएको आफुलाई देखाउन निर्देशन दिए । सदा जनताको पक्षमा कार्य गर्न उनले प्रहरी, प्रशासनलाई जोडदार निर्देशन दिए । सोहीक्रममा प्रजिअ रेग्मीले अवैध दोहन भइरहेको फेटो तथा भिडियो उपलव्ध गराउन आम सर्वसाधारणलाई आग्रह गरे । उक्त कार्यक्रममा नुवाकोट २ का प्रतिनिधि सभा सदस्य डा. अचुतम लामिछाने, जिल्ला प्रहरी प्रमुख विपीन रेग्मी तथा अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।











