बिदुरः चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा राख्नका लागि चलचित्रसंग सम्वन्धि विभिन्न सामग्रीहरु प्रदान गरिएको छ । ति विभिन्न सामग्रीहरु वोर्डले सन्चालन गरेको संग्रहालयमा राखिनेछन् । कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत प्रकाश पुरीले पुराना चलचित्र छायाङ्कन तथा ध्वनि प्रविधिसँग सम्बन्धित ऐतिहासिक उपकरण, फिल्म रील, क्यामेरा लेन्सलगायतका सामग्रीहरु चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई हस्तान्तरण गरेका हुन् ।


वरिष्ठ छायाकार पुरुषोत्तम प्रधानज्यूको सहजीकरणमा प्राप्त उक्त सामग्री चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा संरक्षण गरिने बोर्डका अध्यक्ष डिसीको भनाई छ । उनका अनुसार नेपाली चलचित्रको इतिहास, प्रविधि र विकासक्रमलाई अभिलेखीकरण तथा संरक्षण गर्दै भावी पुस्तासम्म सुरक्षित रूपमा पु¥याउन मद्धत पुग्नेछ । सो प्रशंसनीय कार्यका लागि प्रकाश पुरी, वरिष्ठ छायाकार पुरुषोत्तम प्रधान, तथा कान्तिपुर फिल्म एकेडेमीप्रति चलचित्र विकास बोर्डले आभार व्यक्त गरेको छ ।









