बिदुरः कृषिको समावेशी रूपान्तरणका लागि मूल्य श्रृङ्खला परियोजना अन्तर्गत नुवाकोटका कृषक समूहहरुलाई विरिुत्रय साक्षरता कार्यक्रम प्रदान गरिएको छ । सहभागीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ । कृषि विकास वैंक छहरेको आयोजना र हिमशिखर बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सहआयोजनामा शिवपुरी गाउंपालिका ८ सत्तरीमा सञ्चालन गरिएको तालिम ५ वटा कृषक समूहलाई ३/३ दिनका दरले कुल १५ दिने वित्तीय शिक्षा तथा साक्षरता तालिम सम्पन्न भएको हो ।


उक्त साक्षरता तालिम सस्थाका उपाध्यक्ष हरि डंगोलद्वारा वित्तिय सचेतना सम्वनिध प्रशिक्षण दिई सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष हरिप्रसाद सिटौला, सचिव दीपक सिटौला, कोषाध्यक्ष सुवासराज पाण्डे, भिटा परियोजनाका प्रतिनिधि सुदीप अधिकारी, कृषि विकास बैक छहरे शाखा प्रवन्धक दीपक श्रेष्ठलगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमले कृषकहरूलाई वित्तिय साक्षरता, वित्तिय ज्ञान, बचत तथा ऋण लगानी, क्षमतामा सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ ।
























