बिदुरः सदरमुकामदेखि टाढा रहेका गाउंवासीको सुविधाका लागि नुवाकोटको उत्तरी भेगमा रहेको दुप्चेश्वरको करेजुङमा निर्मित पक्कि आधुनिक प्रसुती गृह निर्माणसंगै स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । यससंगै प्रसुती सेवाका लागि सदरमुकाम बिदुर तथा राजधानी काठमाडौं जानु पर्ने गाउंवासीको वाध्यता अव हटेको छ ।दुप्चेश्वर गाउंपालिका ६ करेजुङमा प्रसुती गृह निर्माण सम्पन्न भएर सोमवार आयोजित कार्यक्रममा पालिकालाई हस्तान्तरण गरिएको हो ।


यससंगै प्रसुती गृहको सम्पुर्ण अधिकार स्थानीय तहमा पुगेको छ । करेजुङमा आयोजित कार्यक्रममा निर्माण सम्पन्न भएको प्रसुती सेवा केन्द्र (बर्थिङ सेन्टर) को उद्घाटन तथा गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । दुर्गम क्षेत्रका नागरिकहरूले सहज, सुरक्षित तथा गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा प्राप्त गर्ने सुविधा पुगेका दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले वताए ।

उनका अनुसार नवनिर्मित उक्त बर्थिङ सेन्टरले विशेषगरी विकट क्षेत्रका गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ । भौतिक संरचनाको व्यवस्थापन, भौतिक सुधार तथा आधुनिक उपकरणसमेत स्थापना गरिएको छ । दुप्चेश्वर गापा कार्यालयको सहकार्यमा गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र रुडेक नेपालको साझेदारीमा सन्चालित एकिकृत सामुदायिक विकास परियोजनाद्वारा एक तले पांच कोठे आधुनिक प्रशुती गृहको निर्माणसंगै उद्ेघाटन र हस्तान्तरण सम्पन्न गरिएको हो ।

कुल ४८ लाख २९ हजार चारसय तीन रुपैयाको लागतमा निर्मित प्रसुती गृहका लागि दुप्चेश्वर गापाले चारलाख ९० हजार पांचसय १५ र गुड नेवर्स इन्टरनेसनल नेपालले ४३ लाख ३८ हजार आठसय ८८ रुपैया लगानी गरेको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भएसंगै भवनको उद्घाटन र हस्तान्तरण गरिएको हो । उक्त प्रसुती गृहवाट ग्रामीणवासीको स्वास्थ्य सेवामा प्रभावकारिता आउने लक्ष्य रहेको गापा उपाध्यक्ष माकुरी तामाङको भनाई छ ।

उक्त भवनका लागि जग्गादान गरेका स्थानीय मुई लामातामाङ र शिर लामातामाङलाई विशेष सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । नुवाकोटको उत्तरी भेग करेजुङमा निर्मित प्रसुती अस्तालको निर्माण तयारी सुरु भएको ६ महिनामै निर्माण गरि उद्घाटन र हस्तान्तरण गरिएको हो ।

यसले स्थानीय सर्वसाधारणका नवजात शिशुहरूको स्वास्थ्य सेवा सहज बनाउने अपेक्षा गरिएको छ । सदरमुकाम विदुरदेखि ४० किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गापाको करेजुङमा प्रसूति अस्पताल निर्माणसंगै स्थानीय समुदाय निकै खुसी भएका छन् । करिब ५ सय घरधुरी रहेको सो स्थानमा झण्डै ३ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ ।

स्वास्थ्य पूर्वाधारको पहुँच वृद्धिका लागि दुप्चेश्वरमा प्रसूति सेवा उपलब्ध हुने भएपछि विशेषगरी महिलाहरूले राहतको रूपमा लिएको साझेदार रडेक नेपालका अध्यक्ष मीनकुमार केसीले वताए । उक्त प्रसुती अस्पताल दुप्चेश्वर क्षेत्रको मातृ–शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को हुने अपेक्षा गरिएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरीको भनाई छ । उक्त अस्पतालमा सर्वसाधारणले स्वास्थ्य सेवा लिने र घरमै हुने सुत्केरीलाई शून्य बनाउने उद्वेश्वका साथ निमाणर््ण गरिएको हो ।

करेजुङका आसपास गाँउका तीनहजार सर्वसाधारले सेवा पाउने छन् । प्रसुती गृहमा ५ लाख वढिको उपकरण स्थापना गरिएकोे छ । करेजुङ नुवाकोटको धार्मिक पर्यटकिय स्थान हो भने कार्यक्रमकावीच निर्माण सम्पन्न भएको पसुती गृह (बर्थिङ सेन्टर)को पक्की भवन तथा स्वास्थ्य फर्निचर र आवश्यक सामग्रीहरु दुप्चेश्वर गापालाई हस्तान्तरण गरिएको हो ।

उक्त प्रसुति गृहवाट करेजुङ क्षेत्रका आम नागरिकहरूले सहज, सुरक्षित तथा गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा र गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको छ । उक्त स्थान प्रसिद्ध दुप्चेश्वर धाम रहेको स्थान हो ।











