बिदुरः नेकपा एमाले देशको मुल शक्ति भएको वताउंदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको लक्ष्य(भविष्य)प्रति चिन्ता गरेकी छन् । उनले एमालेका सचेत कार्यत्रर्ताहरुले यसलाई अव छलफल र वहसका रुपमा लैजान आवस्यक रहेको वताइन् । नुवाकोटको थानसिङमा शुक्रवार धार्मिक तथा सांंस्कृतिक भ्रमणका रुपमा सहभागी पुर्व राष्ट्रपति भण्डारीले छहरेमा एमालेद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुदै उक्त धारणा राखेकी हुन् ।


उनले आफुलाई एमालेको महत्व, माया तथा विस्वास रहिरहेकोसमेत धारणा अघि सारिन् । नेकपा एमालेका नुवाकोटको अगुवा नेता, कार्यकर्ता तथा मतदाताहरुले गरेको स्वागतसहितको भेटघाटमा राजनीतिक अवस्थावारे चासो राखिन् । उनले आफु जुनसुकै कोणवाटसमेत नेकपा एमाले नै रहेको वताइन् ।

उनले एमालेको पछिल्लो अवस्थाका सम्वन्धमा छलफल तथा वहस आवस्यक रहेको र सचेत वर्गलाई सहभागी हुन अपिल गरिन् । एमाले देशको मुल शक्तिको रुपमा रहेको उल्लेख गर्दै उनले अव देशको राजनीतिक अवस्थावारे छलफल आवस्यक रहेको वताइन्। पूर्वराष्ट्रपति भण्डारीले एमालेले जनताको वहुदलीय जनवादलाई मार्गदर्शनको रुपमा लिएको वताइन् ।

उनले अगाडि भनिन्–यसको आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार र कार्यक्रम रहेको उल्लेख गर्दै यसको सम्पुर्ण जस मदन भण्डारीलाई जाने वताइन् । यसर्थ हरेक कोणवाट आफु नेकपा एमालेमा जोडिएकाले तपाइहरुलाई चाहिएको हर तरहको सहयोग गर्न आफु तत्पर रहेको भण्डारीले वताइन् । यस अवस्थामा उनले पाटीप्रति आफ्नो चासो र चिन्ता स्वभाविक रहेको वताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले आफूले नेकपा एमालेको सदस्य नवीकरण गरिसकेको भए पनि अहिले होल्डमा रहेको पनि बताइन् । भण्डारीले पार्टीका नेता कार्यकर्तालाई छहरेमका सम्वोधन गर्दै एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन भएको दावी गरिन् ।

उनले अगाडि भनिन्, ‘एमाले देशभक्त र राष्ट्रवादीहरूको सङ्गठन हो, प्रगतिशीलहरूको, सामाजिक न्यायका पक्षधरहरूको सङ्गठन हो । म अनेक हिसाबले यहां जोडिएको छु, तपाईँहरूले माने पनि नमाने पनि मैले एमालेको मैले पार्टी सदस्यता नवीकरण गरेको छु, अहिले होल्डमा छ ।’

उनले आफू एमालेको सांढे चार दशक अगाडिको पार्टी सदस्य रहेको भन्दै आज पनि सदस्य रहेको जिकिर गरिन् । उनले अगाडि भनिन्, ‘म २०३७ सालको पार्टी सदस्य हो, त्यतिखेर माले थियो, अहिले एमाले हुँ, माले हुँदै एमाले भएको हो, एमालेले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ, त्यसको जस मदन भण्डारीलाई जान्छ, मदन भण्डारीको म श्रीमतीको नाताले पनि तपाईँहरू मलाई सम्झिनुहुन्छ, एमालेको नामसँगसँगै जबज, जबजसँगसँगै मदन भण्डारी र त्यससँगै अनेक हिसाबले म जोडिएको छु ।’

उनले नेपाली जनताको समर्थन, माया र एमालेको सङ्घर्षको एउटा परिणतिको रूपमा आफू दुई पटक राष्ट्रपति भएको बताइन् । एमालेको माया, सद्भाव र ममता सदैव आफुलाई रहेको उनले दावी गरिन् । कार्यक्रममा एमाले नुवाकोटका पुर्व अध्यक्ष तथा पुर्व प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले पार्टीले गत चुनावमा सर्मनाक हार व्यहोरेका कारण यसको समिक्षा हुनु पर्ने वताए ।

उनले पार्टीमा कार्यकर्ता तथा मतदाता सुरक्षित राख्न चुनौती अवस्था आएको वताए । सोही कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज केशवराज पाण्डेले एमाले देशको मुल कम्युनिष्ट पार्टी भएको वताए । चुनावमा जित हारके जे श्रृंखला भएपनि जनताको मनमा एमाले सदैव रहेको दावी गरे ।

पुर्व राष्ट्रपति भण्डारीलाई छहरेमा एमालेका केन्द्रीय तथा जिल्लास्तरिय नेता, कार्यकर्ताहरुलदे स्वागत गरेका थिए । भण्डारी शुक्रवारै थानसिङमा भण्डारीहरुको कुल पुजामा सहभागी भई काठमाडौ फर्किएकी हुन् ।























