बिदुरः नुवाकोटको चारघरेका एक जना विरामीलाई स्वास्थ्य उपकरण प्रदान गरिएको छ । विदुर नगरपालिकाले एक जना बिरामीका लागि अक्सिजन कन्सन्ट्रेटर मेशिन उपलव्ध गराएको हो । बिदुर नपा १२ चारघरेका जीतबहादुर विश्वकर्माको स्वास्थ्यमा गम्भीर समस्या भई लामो समयदेखि अक्सिजनको सहारामा रहनुपरेको जनाउंदै उनको स्वास्थ्य सुरक्षाका लागि एक थान अक्सिजन कन्सन्ट्रेटर मेशिन विहीवार मेयर राजन श्रेष्ठले हस्तान्तरण गरे ।


उनले विरामीहरुको स्वास्थ्य सुरक्षाका लागि बिदुर नपा क्रियाशील रहेकोसमेत प्रतिवद्धता जनाए । उनले विदुर नगरबासी ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका बिरामीहरुको लागी बिदुर नपाबाट आवश्यक सहायता सामग्री तथा विभिन्न उपकरण उपलब्ध गराउदै आइरहेको पनि वताए । यस सुविधाका लागि आवश्यक कागजात सहित प्रक्रिया पूरा गरेर सम्वन्धित बडा कार्यालय तथा विदुर नपा कार्यालयमा सम्पर्क गर्न मेयर राजन श्रेष्ठले अनुरोध गरेका छन् ।





