बिदुरः व्याडमिण्टन खेलको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा प्रथम विदुर मेयर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको तयारी तिव्र भएको आयोजक नुवाकोट ब्याडमिन्टन संघले जनाएको छ ।


बिदुर नगरपालिकाको संरक्षकत्वमा सन्चालन हुने प्रतियोगितामा विभिन्न आठ वटा विद्यामा विजेता, उपविजेता तथा तृतयिले नगद पुरस्कार थाप्नेछन् । बिदुर नपा २ स्थित बट्टार ब्याडमिन्टन कभर्ड हलमा आयोजित उक्त प्रतियोगिता यहि २०८३ साल वैशाख ३, ४ र ५ गते सञ्चालन हुने आयोजक नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले जानकारी दिए ।

उनले प्रतियोगितामा महिला तथा पुरुषका छुट्टाछुट्टै खेल हुन जानकारी दिए । प्रतियोगितामा पुरुष एकल खुल्लातर्फका विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तृतीय हुनेले नगद २० हजारसहित ट्रफि, मेडल पुरस्कार पाउनेछन् ।

सोही प्रतियोगितामा महिला तथा पुरुष डवल खुल्लातर्फका विजेताले पनि नगद ५० हजार, उपविजेताले ३५ हजार र तृतीय हुनेले नगद २० हजारसहित ट्रफि, मेडल पुरस्कार पाउनेछन् । प्रतियोगितामा नेपाल व्याडमिण्टन महासंघ काठमाडौंको प्राविधिक सहयोग र जिल्ला समन्वय समिति नुवाकोटले समन्वय गरेको छ ।

प्रतियोगिताले नुवाकोटमा खेल पर्यटनको उजागर हुने विस्वास लिइएको बिदुर नपाका मेयर राजन श्रेष्ठले वताए । उनले यसवाट व्याडमिन्टन खेलको विस्तार तथा प्रवद्र्धन हुनुका साथै खेलाडिहरुवचि पुर्नमिलन हुनेसमेत बताए ।











