बिदुरः नुवाकोटमा सुनचांदीको व्यवसाय गरिरहेकाहरुको साधारण सभा तथा अधिवेसन समपन्न भएको छ । अधिवेसनले नयां कार्यत्र समिति चयन गरेको छ । नुवाकोट सुनचाँदी व्यवसायी संघ नुवाकोटको शनिवार बट्टारमा चौथो जिल्ला अधिवेशन तथा १२ औँ र १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेशनले भीमराज बज्रचार्यको अध्यक्षतामा नयां कार्यसमिति निर्विरोध चयन गरेको छ ।


अधिवेसनले उपाध्यक्षमा प्रदीप शाक्य, सचिवमा सबिन अमात्य र कोषाध्यक्षमा ईश्वरबहादुर सुनारलाई चयन गरेको छ । सदस्यहरूमा नानु गुरुङ, राजकुमार सुनार, शैलेन्द्र बज्रचार्य, सुजनरत्न बज्रचार्य, सन्तोष सुनार र इश्वर विश्वकर्मालाई चयन गरेको छ । निर्वाचन अधिकृत नारायण अधिकारीका अनुसार अधिवेशनले १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

यसअघि अधिवेशनको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका हुन् । मेयर श्रेष्ठले नुवाकोटको आर्थिक परिवर्तनमा सुनचाँदी व्यवसायीहरूको विबेष योगदान रहेको बताए । उनले सुनचांदी व्यवसायको क्षेत्रलाई व्यवस्थित बनाउन नगरपालिका सधैं सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

नुवाकोटमा २ सयभन्दा बढी सुनचांदी व्यवसायीहरू उक्त संघमा आबद्ध रहेका छन् । व्यवसायीहरुले व्यवस्थित र मर्यादित रुपमा सुनचांदी व्यवसाय गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।














