बिदुरः नुवाकोट क्रिकेट संघको छैटौं वार्षिक साधारण सभा बट्टारमा सम्पन्न भएको छ । साधारण सभामा वार्षिक आयव्यय विवरण पारित गर्नुका साथै पालिका संयोजकहरु च्यन गरेको छ ।


संघको छैटौं वार्षिक साधारणसभाले बिदुर, वेलकोटगढी, लिखु र ककनीबाट पालिका संयोजक चयन गरेको छ । जसअन्तर्गत बिदुर नगरपालिकामा संयोजक यादव अधिकारी, बेलकोटगढी नगरपालिकामा संयोजक रबीन दाहल, लिखु गाउँपालिका संयोजक गणेशराज पाण्डे र ककनी गाउँपालिका संयोजक बिजय ढुङ्गानालाई चयन गरिएको संघका जिल्ला उपाध्यक्ष विष्णु प्याकुरेलले जानकारी दिए ।

यसअघि, साधारण सभाको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका थिए । उनले खेल क्षेत्रको प्रवद्र्धन र विकासका लागि विदुर नपाले खेल क्षेत्रमा विशेष कार्य गरिरहेको र संघसंग पनि क्रिकेटको विकास र प्रवद्र्धनका लागि सहकार्य गर्न तयार रहेको वताए ।











