बिदुरः नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिका पुर्ण खोप सुनिश्चितता घोषित भएको छ । सो गापाका सम्पुर्ण वडामा पुर्ण खोप लगाइएको छ ।


म्यागङ गापा भित्रका सम्पूर्ण ६ वटै वडाहरुमा पुणृ खो्प लगाइएपछि सो गापाको “पूर्ण खोप सुनिश्चतता तथा दिगोपन कार्यक्रम“ सम्पन्न गरिएको हो । गपा अध्यक्ष आशावहादुर तामाङले म्यागङ गापाको सम्पुर्ण वडाहरु पुर्ण खोप सुनिश्चित भएको घोषणा गरे ।

उनले खोप लगाउनु पर्ने सम्पुर्ण वालवालिकाहरुका लागि तय भएको सम्पुर्ण खोप लगाइएको र यसवाट वालवालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमतासमेत बढेको बताए । उनले जनप्रतिनिधि, सम्वन्धित कर्मचारी तथा महिला स्वास्थ्य स्वंसेविकाको सक्रियताको प्रशंसा गरे ।

म्यागङ गापाको ६ वटै वडामा जन्मेदेखि १५ महिनाभित्रका वालवालिकाहरुलाई मापदण्ड अनुसारको सम्पुर्ण खोप लगाउने कार्य पुरा गरिएको स्वास्थ्य शाखा प्रमुख कुमारलाल श्रेष्ठले जानकारी दिए । उनले मापदण्ड अनुसारका एकसय ४७ जना बालवालिकाहरुलाई पुर्ण खोप लगाइएको जानकारी दिए ।
















