बिदुरः खेलाडि पहिचान तथा फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको महादेवफांटमा सेभेन ए साइड फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेता दुवैले नगद पुरस्कार हात पारेका छन् । न्यु भिजन युवा क्लबद्वारा आयोजित सुपा महादेबफाँट कप खुल्ला सेभेन ए साइट फुटबल प्रतियोगितामा न्यु इटारपाटी युवा क्लव विजयी भएको छ ।


आयोजक न्यु भिजन युवा क्लवलाई घरेलु मैदानमा न्यु इनारपाटीले पराजित गरेको हो । फाइनल खेलको निर्धारित समयभित्र गोलरहित वरावरी भएपछि खेल ट्राइव्रेकरमा धकेलिएको थियो । ट्राइव्रेकरमा न्यु इनारपाटीले ५ का विरुद्ध ६ गोल गरि उपाधि विजेता भएको हो ।

विजेता तथा उपविजेताहरुलाई कार्यक्रमकावीच वेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले पुरस्कृत गरे । उनले खेल क्षेत्रको विकास र विस्तारका लागि वेलकोटगढीले विशेष सहयोग गरिरहेकोसमेत वताए । विजेता न्यु इटारपाटी युवा क्लवले नगद ५० हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।

उपविजेता न्यु भिजन युवा क्लवले नगद २५ हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार थापेको छ । वेलकोटगढी नपा ७ महादेवफांटमा यहि चैत्र ४ गतेदेखि सन्चालित उक्त प्रतियोगितामा विभिन्न २८ फुटवल टिमको सहभागीता रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा वेलकोटगढी ७ का वडाध्यक्ष भुवनेश्वर नेपाल, विदुर नपा ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे, फुटवल संघका वागमति बरिष्ठ उपाध्यक्ष दीपकलाल चित्रकार, सहमहासचिव सुरज श्रेष्ठ, सदस्य रामकुमार कोइराला, एन्फा पुर्व केन्द्रीय सहकोषाध्यक्ष पुर्णमान चित्रकारलगायतले फुटवल खेलको महत्व र खेलाडिको पहिचानका सम्वन्धमा आआफ्नो धारणा राखेका थिए ।










