बिदुरः अन्र्तराष्ट्रिय खेलमा पदक विजेता नुवाकोटको देवीघाटका एक जना खेलाडिलाई विदुरमा सम्मनित गरिएको छ । उनलाई विभिन्न खेलकुदका सामग्रीहरुसमेत प्रदान गरिएको छ ।


थाइल्याण्डमा भएको अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा केहि साता अगाडि सम्पन्न खेलमा प्रथम स्थान जितेका विदुर नपा ५ देवीघाटका खेलाडि सुजल लोतामाङलाई सोमवार विदुरमा नेपाली काग्रेस नुवाकोटको संगठन विभागले सम्मान कार्यक्रम गरेको हो । कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठ, विभिन्न संघसंगठनका पदाधिकारी तथा खेलप्रेमी व्यक्तिहरुले पदक विजेता सुजल लोतामाङलाई सम्मानित गरेका हुन् ।

उनलाई प्रोत्साहनस्वरुप खेलकुद पोशाकलगायतका सामग्रीसमेत प्रदान गरिएको छ । सम्मानित गर्दै कांग्रेस नुवाकोटका उपसभापति राजु थापा, सचिव श्रीराम श्रेष्ठलगायतले खेलकुदको माध्यमले नुवाकोट तथा नेपालको गरिमा वढाएको कदर गर्दै खेलाडि सुजल लोतामाङलाई प्रोत्साहनस्वरुप सम्मानित गरिएको वताए ।











