बिदुरः नुवाकोटको महादेवफांटस्थित एक क्याम्पसलाई प्रिन्टरसहितको कम्प्युटर प्रदान गरिएको छ । ज्योति विकास वैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नुवाकोट रातमाटेस्थित महादेव वहुमुखि क्याम्पसलाई कम्प्युटर र प्रिन्टर उपलव्ध गराएको हो ।


ज्योति विकास बैंकले बेलकोटगढी नगरपालिका ७ महादेवफांटमा रहेको महादेव बहुमुखी क्याम्पसलाई एकथान आधुनिक कम्प्युटर र एकथान प्रिन्टर प्रदान गरेको हो । बैंकका तर्फबाट वट्टार क्लष्टर प्रमुख निशिल ढकालले कम्युटरलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

क्लष्टर प्रमुख ढकालले वेलकोटगढी ७ का वडाध्यक्ष भुवनेश्वर नेपालमार्फत क्याम्पसका प्रमुख शंकर नेपाललाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् । क्याम्पस प्रमुख शंकर नेपालले बैंकबाट प्राप्त सहयोगले क्याम्पस सञ्चालन तथा शैक्षिक गतिविधि थप प्रभावकारी बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा महादेव माविका अध्यक्ष भाईराम नेपाल, बेलकोटगढी नपाकी कार्यपालिका सदस्य गमला लामा, विद्यालयका प्रधानाध्यापक हरिवंश घिमिरेलगायतको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्यलगायतको सहयोगलाई निरन्तरता दिइने वैंकको बट्टार क्लष्टर प्रमुख निशिल ढकालको भनाई छ ।





