बिदुरः चलचित्रकर्मीहरु प्राविधिक क्षमता विस्तारका लागि सन्चालित स्वराभिनय तालिम समपन्न भएको छ । नेपाली चलचित्र क्षेत्रको प्राविधिक गुणस्तर तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले उक्त तालिम कार्यक्रम सम्पन्न गरेको हो । हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट अमित देओन्दीको प्रमुख प्रशिक्षणमा ३ दिने “भ्वाइस एक्टिङ एण्ड डबिङ” तालिम सम्पन्न भएको हो ।


उक्त तालिममा नेपाली चलचित्र क्षेत्रका एकसय ७४ जना कलाकार तथा प्राविधिकहरूको सहभागिता रहेको थियो । तालिममा भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, सम्वाद अभिव्यक्ति तथा स्टुडियो डबिङ प्रक्रियासम्बन्धि प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको छ । ३ दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिममा हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दीको प्रमुख प्रशिक्षणमा सञ्चालन भएको हो ।

उक्त तालिममार्फत सहभागीहरूले भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति तथा स्टुडियो डबिङ प्रक्रिया सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरेका छन् । तालिमको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले समापन गरे । उनले “भ्वाइस एक्टिङ र डबिङ केवल प्रविधि होइन, यो अभिनयको आत्मा भएको र यसलाई सशक्त बनाउन सके नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन महत्वपूर्ण योगदान पुग्ने“ वताए ।

उनले यस वर्षलाई वोर्डले चलचित्र क्षमता विकासको वर्षको रुपमा विभिन्न कार्यक्रम गरिरहेकोसमेत वताए । कार्यक्रममा प्रमुख प्रशिक्षक अमित देओन्दीले सहभागीहरूको उत्साह र सिक्ने चाहनाको प्रशंसा गर्दै “नेपाली कलाकारहरूमा अद्भुत सम्भावना रहेको र यसमा निरन्तर अभ्यास र सही प्रविधिको प्रयोगले यहाँको भ्वाइस एक्टिङलाई विश्वस्तरमा लैजान सकिन्छ “ भने । यो तालिमले नेपाली चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै डबिङ र भ्वाइस एक्टिङको गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको वोर्डले जनाएको छ ।














