बिदुरः नुवाकोटको पश्चिमी भेगमा रहेको दाङसिङस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्ी प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति निकै उत्साहित भएका छन् ।


तारकेश्वर गाउँपालिका १ स्थित दाङसिङ माविमा अध्ययनरत विद्यार्थीहरुलाई मंगलवार स्टेसनरी सामग्रीका साथै जुत्ता, मोजा हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ नुवाकोट बाराही र वट्टार फ्रेस हाउसको सक्रियतामा सो विद्यालयमा पुगेर एकसय ५० जना विद्यार्थीहरुको लागि जुत्ता, मोजा तथा स्टेसनरी सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

विद्यार्थीहरुलाई क्लवका अध्यक्ष शान्ति प्रधान तथा पदाधिकारी, सदस्यहरु, तारकेश्वर १ का वडाध्यक्ष चक्रवहादुर तामाङलगायतले स्टेसनरी सामग्रीका साथै जुत्ता, मोजा हस्तान्तरण गरेका हुन् । यस प्रकारको सामाजिक तथा शैक्षिक अभियानमा निरन्तरता दिइने क्लवका अध्यक्ष शान्ति प्रधानको भनाई छ ।














