बिदुरः खेलकुदको विकास र विस्तारका लागि नुवाकोटको कोलोनीमा सन्चालित प्रथम नुवाकोट खेलकुद, सांस्कृतिक तथा पर्यटन उत्सव सम्पन्न भएकोे छ । महोत्सवले कला, संस्कृति, पर्यटन तथा खेलकुदको प्रवद्र्धन गरेको छ ।


नुवाकोटको शक्ति, खेलकुद र संस्कृति भन्ने मुल नाराको साथ सन्चालित १० दिने उक्त महोत्सवमा एकला जनाले अवलोकन आयोजकले जनाएको छ । विदुर नगरपालिका–९ स्थित कोलोनीमा गत पुस २५ गतेदेखि सन्चलित ’प्रथम खेलकुद साँस्कृतिक तथा पर्यटन उत्सव–२०८२’ को विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले समापन गरेका हुन् ।

उनले खेलकुदको विकास र विस्तार तथा खेलाडिहरुको पहिचान र प्रवद्र्धनका लागि महोत्सव सार्थक भएको वताए । जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा कोलोनीस्थित खेलकुद विकास समितिको परिसरमा सन्चालित नुवाकोटको खेलकुद, संस्कृति र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले खेलकुद उत्सव सम्पन्न भएको हो ।

महोत्सवमा खेल उद्यान, खेलकुद प्रतियोगिताहरुलगायत विविध साहसिक खेल, सांस्कृतिक कार्यक्रम र पर्यटन प्रवद्र्धन तथा खेल मेला उत्सवमा दर्शकका आकर्षणमा परेका थिए । विदुर नगरपालिका संरक्षक र जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा सञ्चालन गरिएको महोत्सवमा १० दिनसम्म विभिन्न खेलकुदका गतिविधि तथा साँस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएको आयोजक समितिका संयोजक विजय गुरुङले जानकारी दिए ।

उनका अनुसार खेल गतिविधिको वढोत्तरीको लागि नुवाकोटमा पहिलो पटक आयोजित खेलकुद महोत्सव सम्पनन भएको हो । संयोजक गुरुङका अनुुसार खेलकुद क्षेत्रको सशक्त विकास, युवा सहभागिता वृद्धि तथा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ खेल महोत्सव गरिएको हो ।

खेलकुद महोत्सव समापन कार्यक्रममा तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले मानव जीवनको सकारात्मक गतिविधिका लागि यस प्रकारका महोत्सव सार्थक भएकोे वताए । महोत्सवमा फुटबल, भलिबल, करातेसहित विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएका थिए । महोत्सवले खेल प्रवद्र्धन, उत्थान र स्थानीय खेलाडीलाई अवसर प्रदान गरेको आयोजक समितिले जनाएको छ ।

खेलकुदमैत्री वातावरण निर्माण गर्दै नुवाकोटलाई खेल पर्यटनका रूपमा समेत अघि बढाउन महोत्सव फलदायी भएको आयोजकको विश्वास रहेको छ । उक्त खेलकुद, सांस्कृतिक तथा पर्यटन महोत्सवमा होटेल, स्थानीय उत्पादनको सामग्रीहरुको ३० वटा विशेष स्टल रहेका थिए ।

राष्ट्रिय तथा स्थानयि कलाकारहरुको दैनिक प्रस्तुती गरिएको थियो । आयोजक समितिका अनुसार खेल महोत्सवको प्रत्येक दिन खेल तथा कलाकारहरुको प्रदर्शन, स्थानीय उत्पादन तथा परिकारको वजारीकरणलाई प्रमुखता दिइएको थियो ।

खेलाडिहरुको पहिचान, प्रवद्र्धनका लागि र युवा वर्गलाई समावेश गराउने उद्धेश्यले महोत्सव गरिएको छ । आयोजक तथा जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष विजय गुरुङले खेल गतिविधिको वढोत्तरीको लागि नुवाकोटमा पहिलो पटक खेलकुद महोत्सव सम्पन्न गरिएको वताए ।

गुरुङका अनुुसार खेलकुद क्षेत्रको सशक्त विकास, युवा सहभागिता वृद्धि तथा जिल्लाको खेल प्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ महोत्सव सम्पन्न गरिएको हो । खेलकुद उत्सवमा फुटबल, भलिबल, करातेसहित विभिन्न प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएका थिए ।

स्थानीय खेलाडीलाई अवसर प्रदान गरि खेलकुदमैत्री वातावरण निर्माण गर्दै नुवाकोटलाई खेल पर्यटनका रूपमा समेत अघि बढाउन महोत्सव फलदायी भएको आयोजक नुवाकोट खेलकुद विकास समितिले जनाएको छ । महोत्सवमा पूर्व खेलकुद पदाधिकारी तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई सम्मानसमेत गरेको छ ।
जिल्ला खेलकुद विकास समितिका पूर्व पदाधिकारीहरू तथा नुवाकोट जिल्लाबाट विभिन्न खेल विधामा अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई सम्मान गरिएको थियो । पूर्व पदाधिकारीहरूको अनुभव तथा अन्तर्राष्ट्रिय पदक विजेताहरूको सफलताले नुवाकोटको खेलकुद विकासमा योगदान पुगेको जनाउंदै आयोजकले सम्मानित गरेको हो ।
कार्यक्रममा खेलाडी, पदाधिकारी तथा खेलप्रेमीहरूले नुवाकोटलाई खेलकुदको केन्द्र बनाउन सबैको सहयोग आवश्यक रहेको उनले बताए । महोत्सवमा खेलाडिहरुकोसहित एकलाख दर्शक भित्रिनुक साथै कुल दुई करोड रुपैयाको कारोवार भएको जनाइएको छ ।





