बिदुरः भलिवल खेलको विकास र विस्ताकरा लागि नुवाकोटको तादीमा सन्चालित जिल्लास्तरीय वडा कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।


तादी गाउँपालिका ४ को आयोजनामा सातविसेमा पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पन्चकन्या गाउँपालिका ४ विजेता भएको छ । तादी गापा ४ उपविजेता भएको छ । दुप्चेश्वर गापां ५ को टिम तृतिय भएको छ । प्रतियोगितामा तादी गाप २ सान्त्वना भएको छ ।

विजेता तथा उपविजेता टिम तथा भलिवल खेलाडिहरुलाई वागमति प्रदेश सभा सदस्य राधिका तामाङले पुरस्कृत गरिन् । उनले खेल जीवनवाटै मानिसको शारिरीक तथा मानसिक स्तरको प्रवद्र्धन हुने वताइन् । प्रतियोगितामा नुवाकोटका विभिन्न गाउँपालिकाबाट २० वटा टोली सहभागी रहेको तादी गाउँपालिका वडा नम्बर ४ का कार्यालयले जनाएको छ ।

प्रतियोगितामा विजेताले नगद एक लाख रुपैयाँ, उपविजेता टोलीले ५० हजार रुपैयाँ, र तेस्रो भएको टोलीले २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता सुन्दरा माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको हो ।

प्रतियोगिता आयोजक तादी ४ का वडाध्यक्ष अश्मिनकुमार पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सन्जु प्याकुुरेलश्रेष्ठ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरवहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए ।
















