बिदुरः स्थानीय उत्सवको रुपमा प्रवद्र्धन गर्दै नुवाकोटको समुन्द्रादेवीमा तेश्रो खोलेगाउँ महोत्सव गरिएको छ । उक्त महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिएको छ ।


गाउंका उत्पादनको प्रवद्र्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई मद्धत पु¥याउने उद्देश्यका साथ वुधवार तेस्रो खोलेगाउँ महोत्सव सम्पन्न भएको हो । उक्त महोत्सवको वागमति प्रदेशका पुर्वमन्त्रि तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले उद्घाटन गरेका हुन् ।

उनले महोत्सवले स्थानीय किसानहरुको उत्पादनको प्रवद्र्धन, वजारीकरण तथा प्रचारप्रसारमा मद्धत पुगेको वताए । शिवपुरी गाउँपालिका–६ स्थित खोलेगाउँमा सन्चालित महोत्सवमा स्थानीयवासीले उत्पादन गरेका कृषि, पर्यटन प्रवद्र्धन तथा अन्य उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिएको छ ।

खोलेगाउँ महोत्सवले स्थानीय उत्पादनको बजार प्रवद्र्धन गर्नुका साथै कलाकारहरूको प्रतिभा पहिचानलाई उजागर गर्न विशेष भुमिका खेलेको आयोजक समितिले जनाएको छ । यस वर्षको महोत्सवमा विभिन्न वाजागाजा, लोकसंस्कृति तथा झांकहरुका साथै सांस्कृतिक प्रस्तुति मुख्य आकर्षणको रूपमा रहेको थियो ।

महोत्सवमा कलाकारहरूको सहभागितामा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका छन् । महोत्सवमा स्थानीय भेगको कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै स्थानीय विकास र प्रवद्र्धनमा सरोकारवालाको साझेदारी रहने जनाइएको छ ।

महोत्सवले उक्त स्थानको उत्पादनको वजारीकराण र पर्यटन प्रवद्र्धनमा मद्धत पु¥याएको छ । महोत्सव उद्घाटन कार्यक्रममा एमाले वागमति प्रदेश सदस्य वलराम आचार्य, काशिराज अधिकारी र जीतेन्द्र विष्ट, क्षेत्रिय कमिटि अध्यक्ष सुशीलकुमार खड्का, शिवपुरी ६ का वडाध्यक्ष तथा महोत्सव संयोजक विष्णु श्रेष्ठ, महोत्सव आयोजक सदस्य वडा सदस्य तथा एमाले शिवपुरीका अध्यक्ष कमल तामाङलगायतले महोत्सवले स्थानीय किसान, उद्यमी र कलाकारलाई प्रोत्साहन गर्नुका साथै कृषि, व्यापार, पर्यटन र संस्कृतिलाई प्रवद्र्धन गरेको वताएका छन् ।






